एकीकृत समाजवादीको महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न नपाइने « Khabarhub

एकीकृत समाजवादीको महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न नपाइने


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने १०औँ महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न रोक लगाएको छ ।

शुक्रबार पार्टी अध्यक्ष माधव कुमार नेपालले अन्तर पार्टी निर्देशिका (अपानि) जारी गर्दै प्यानल बनाएर चुनाव लड्न रोक लगाउने उल्लेख गरेका छन् । ‘महाधिवेशन प्रतिनिधि चयनका लागि समूह बनाएर निर्वाचन लड्न पाइने छैन’ अपानिमा भनिएको छ ।

त्यस्तै महाधिवेशनमा १८७८ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

एकीकृत समाजवादी भूगोलका संघीय निर्वाचन क्षेत्रबाट ११५७, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्रबाट २३, प्रदेश सम्पर्क कमिटी क्षेत्रबाट २२, भारत प्रवास क्षेत्रबाट ८, अन्य प्रवास क्षेत्रबाट १५ जना महाधिवेशन प्रतिनिधि रहनेछन् ।

त्यस्तै, केन्द्रीय सल्लाहकार परिषद्‌बाट ५, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चबाट ५, विभिन्न महासंघहरूबाट ८५, जनसंगठनहरूबाट ५६ जना प्रतिनिधि रहनेछन् ।

त्यस्तै, केन्द्रीय कमिटीबाट ३४६, केन्द्रीय आयोगहरूबाट १०४, केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट ३२ र मजदुर विशेष आरक्षणबाट २० जना प्रतिनिधि सहभागी हुनेछन् ।

एकीकृत समाजवादी ०७८ सालमा एमालेबाट फुटेर नयाँ दल बनेको भए पनि एमाले हुँदाकै अवस्थालाई निरन्तरता दिँदै १०औँ महाधिवेशन गर्दै छ ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ४ : ०८ बजे

सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सीमा

लागूऔषधसहित दुईजना पक्राउ

जनकपुरधाम– धनुषाको मिथिला नगरपालिका–६ स्थित बसहीखोला नजिकै आज प्रहरीले हवाई

सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह

विराटनगर– कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र

सीमा अनुगमनका लागि विशेष संयन्त्र बनाइँदै : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको नियमित अनुगमन र निरिक्षणका