सिमलताल दुर्घटना अपडेट : थप दुईजनाको शव भेटियो « Khabarhub

सिमलताल दुर्घटना अपडेट : थप दुईजनाको शव भेटियो


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुईवटा बसमा सवार यात्रुमध्ये थप दुईजनाको शव भेटिएको छ ।

आज चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र नवलपरार्सी पूर्व गैँडाकोटमा ती शव भेटिएका हुन् । आज भेटिएका  दुई शवकाे शनाखत हुन बाँकी छ  । यसअघि शनिबार तीनजनाको शव भेटिएको थियो । तीनवटा शव आफन्तले बुझिसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपाल साहको सनाखत भएको छ भने दुईजनाको परिचय खुल्न बाँकी छ ।

गत शुक्रबार काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस सिमलतालमा पहिरो खस्दा दुवै बस त्रिशूलीमा बगेका थिए ।

गौरतर्फ गइरहेको बसमा २७ जना र काठामाडौँतर्फ आइरहेको बसमा २४ यात्रु सवार थिए ।

नेपाली सेना, सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरीले खोजी हराइरहेका बस र यात्रुको खोजी जारी राखेका छन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ११ : १० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार