मनसुनमा लाग्ने रोगबाट बच्ने उपाय « Khabarhub

मनसुनमा लाग्ने रोगबाट बच्ने उपाय


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले कति बेला पानी पर्छ । कति बेला घाम लाग्छ यकिन गर्न कठिन छ । घाम लाग्दा लाग्दै पनि पानी परेर भिजाउँछ । धेरै जना यो पानीमा भिज्नु हुन्छ, एक छिन त आनन्द हुन्छ । तर, आनन्द केही समयमा नै पीडामा बदलिन सक्छ। यो परिवर्तन भइरहेको मौसमले हाम्रो स्वास्थ्यलाई नकारात्मक असर पुर्‍याइरहेको चिकित्सकहरु बताउँछन् ।

यो सिजनमा देखिने समस्या

अहिले गर्मीसँगै पानी पर्ने सिजनमा धेरै रोग देखा पर्छन् । विशेष गरी यो मौसममा संक्रमण हुने खालका रोग बढ्ने गरेकाे चिकित्सकहरु बताउँछन्  । जसमा, भाइरल फ्लु (रुघाखोकी लाग्ने, ज्वरो आउने) समस्या देखिन सक्छन् । भने दूषित खाना र पानीबाट सर्ने रोग झाडापखाला, हैजा, टाइफाइड जस्ता रोग लाग्न सक्छन्  ।

इन्फुलुएन्जा

यो सिजनमा इन्फुलुएन्जा हुने गर्छ । यो भाइरसले हुने रोग हो । तर, कुनै निश्चित समयमा भाइरल रुघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ । भाइरल संक्रमण आफै निको हुने रोग हुन् ।

ज्वरो आउने, धेरै खोकी लाग्ने, स्वाँ स्वाँ हुने भयो भने अस्पताल जानुपर्छ । कहिलेकाहीँ भाइरल इन्फेक्सन भइरहेको अवस्थामा फेरि ब्याक्टेरीयल इन्फेक्सन हुने गर्दछ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ ।

इन्फुलुएन्जासँगै यो समयमा ब्याक्टेरियल संक्रमण धेरै हुने गर्छ।

हैजा
रोग लाग्न नदिन हामीले सरसफाइमा विशेष ध्यान दिनुपर्छ। दूषित पानीका कारण नै हैजा लाग्ने चिकित्सकहरू बताउँछन् । अहिलेको समयमा पनि हात सफा गरौँ, सुरक्षित ठाउँमा दिसा पिसाब गरौँ ।

पानी उमालेर,  फिल्टर गरेर मात्र खाने गरौँ । काँचो फलफूल, सागपात राम्ररी पखालेर खानुपर्छ । पानी सुरक्षित ठाउँमा दिसा पिसाब गर्ने बानी बसाल्यो भने पनि हैजाबाट बच्न सकिन्छ ।

घरमा के गर्ने ?

– झाडापखाला हुँदा हाम्रो शरीरमा भएको पानी र पोटासियम कम हुने गर्छ र डिहाइड्रेसन हुने गर्छ। डिहाइड्रेसन हुँदा हाम्रो शरीरबाट गएको पानी फिर्ता ल्याउनु पर्छ त्यसैले घरमा धेरै मात्रामा जीवनजल पानी बनाएर पिउनाले शरीरमा पानीको कमी हुन पाउँदैन ।

– प्रशस्त मात्रामा झोल पदार्थ पिउनुपर्छ।

– तर, निरन्तर पातलो दिशा लागिरहेको छ, बिरामी सिकिस्त हुँदै गइरहेको छ भने तुरुन्तै स्वास्थ्य चौकी जानुपर्छ ।

– फलफूल, सागपात, गेडागुडी, माछा मासु, दूध खाने ।

– यो गर्मी मौसममा खाना खाँदा सफा खानुपर्छ र खानेकुरा राम्रोसँग पकाएर मात्रै खानुपर्छ। बाहिर खुलारुपमा राखेका खानेकुरा खानु हुँदैन ।

– बाहिरबाट ल्याएको फलफूल तरकारी राम्ररी पखालेर मात्र खाने ।

– कुनै तरकारी तथा फलफूल सिजन सुरु हुनु भन्दा अगाडि नै बजारमा आएका छन् भने केमिकल मिसाएर पकाइएका हुन सक्छन् । राम्ररी पाकेको फलफूल हेरेर थाहा पाउन सकिन्छ ।

– बेमौसमी तरकारी र फलफूल सकेसम्म खानु हुँदैन । त्यसमा धेरै केमिकल राखिएको हुन्छ। केमिकल हालेर पकाएको फलफूल हेर्दा हरियो देखिने हुन्छ। यस्ता खानेकुरा किनिसकेपछि हामीले केही समय पानीमा राखेर राम्ररी पखालेर खान सकिन्छ।

समस्या हुनै नदिन के गर्ने ?

हामीले गर्मीयाम सुरु भएसँगै विभिन्न संक्रामक रोग फैलिने भएकाले विशेष सावधानी अपनाउनुपर्छ। आफ्नो सरसफाइमा विशेष ध्यान दिनुपर्छ। सकेसम्म घर बाहिरका खानेकुरा नखाने, पानी उमालेर मात्रै पिउने, काँचै खाने फलफूल सकेसम्म नखाने खानै परे राम्रोसँग सफा गरेर मात्रै खाने, योसँगै जनचेतनाका कार्यक्रम फैलाउनुपर्छ।

घर वरिपरिको वातावरण स्वच्छ र सफा राख्नुपर्छ । साथै खानपानमा विशेष ध्यान दिन सकियो भने समस्या आउन पाउँदैन।

यो पनि पढ्नुहोस् …

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १२ : ५२ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण