अनमोलले ‘फर्कीफर्की’मा ५० लाख लिएको पुष्टि, बुझाए कर | Khabarhub Khabarhub

अनमोलले ‘फर्कीफर्की’मा ५० लाख लिएको पुष्टि, बुझाए कर


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक अनमोल केसीले फिल्म ‘फर्कीफर्की’का लागि लिएको पारिश्रमिकको कर नेपाल सरकारलाई बुझाएका छन् । फिल्म निर्माता रोहित अधिकारीका अनुसार अनमोलले गत बुधबार सात लाख ५० हजार रुपैयाँ कर तिरेका हुन्‌ ।

निर्माता अधिकारले आइतबार मात्रै अनमोलले कर तिरेको रसिद फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । जसमा ५० लाख रुपैयाँ आम्दानीको १५ प्रतिशत टीडीएस तिरेको देख्न सकिन्छ ।

निर्माता अधिकारी भन्छन्, ‘कलाकारको पारिश्रमिक र करबारे पारदर्शीता होस् भनेर रसिद सार्वजनिक गरेको हौं ।’

यससँगै अनमोलले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको छ । यसअघि उनीमाथि चर्चाकै लागि मात्र बढी पारिश्रमिक लिएको हल्ला फैलाएको आरोप लाग्ने गरेको थियो ।

अनमोल एक फिल्मका लागि सो रकम बराबरको पारिश्रमिक लिएर कर तिरेको सार्वजनिक गर्ने पहिलो नायक बनेका छन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  २ : ११ बजे

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ ।

सप्तरीमा प्रहरीको ‘सर्च अप्रेसन’ : गोली प्रहारबाट एक जनाको मृत्यु

सप्तरी– मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले

आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने

काठमाडौं- एप्पलले बहुप्रतीक्षित आईफोन–१७ सरिजका फोनहरु आगामी सेप्टेम्बर ९ मा