मन्त्रीको सूची ओलीको गोजीमा, यी नेताले पाउन सक्छन् अवसर | Khabarhub Khabarhub

मन्त्रीको सूची ओलीको गोजीमा, यी नेताले पाउन सक्छन् अवसर



काठमाडौं- नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।

उनलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले सोमबार प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्दै छन्। त्यही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा ओली लागेको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले बताए ।

तर साना पार्टी पनि मन्त्रिमण्डलमा सहभागी हुने भएकाले भोलि नै सरकारले पूर्णता पाउने सम्भावना नभएको नेताहरू बताउँछन् ।

यसका लागि कांग्रेस–एमाले आन्तरिक र अनौपचारिक छलफलमा छन्। अन्य साना दलहरूसँग पनि छलफल भइरहेको एमाले उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन्।

यता कांग्रेस नेता प्रकाशमान सिंह पनि मन्त्रिमण्डलमा को–को जानेबारे छलफल भइरहेको बताउँछन् । उपप्रधानसहित एक मन्त्रालय लिने तयारीमा छन् । तर यसबारे भने उनले बोल्न चाहेनन् ।

कांग्रेस–एमाले दुवै तहका नेताका अनुसार भोलिको मन्त्रिमण्डलमा साना दलहरूलाई पनि समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास गरिनेछ। यद्यपि भोलि नै मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा दुवै दलका नेताहरू विश्वस्त छैनन्।

यसो हुँदा भोलि कांग्रेस र एमालेको तर्फबाट मात्रै मन्त्रीहरू सहभागी हुने स्रोतको छन् ।

ओलीले सूची तयार गर्दै गर्दा एमालेका तर्फबाट मन्त्री हुने लाइनमा रहेका नेता र मन्त्रालयबारे चर्चा गरौँ ।

कांग्रेस–एमाले गठबन्धनबीच कुरा मिलेमा एमालेले ७ मन्त्रालय पाउने निश्चित छ । त्यसका लागि अहिले प्रधानमन्त्री ओली छलफलमा छन् ।

ओली प्रधानमन्त्रीसहित विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का पक्की छ । एमाले उपमहासचिव प्रदीप ज्ञवाली उपाध्यक्ष पौडेलसहित सरकारमा जाने बताउँछन् ।

एमाले उपाध्यक्ष पौडेल पनि आफूले अर्थमन्त्री पाउने कुरामा कुनै द्विविधा नभएको बताएका छन् ।

एमाले स्रोतका अनुसार एमालेले यो पटक विद्या भट्टराईलाई शिक्षामन्त्री बनाउँदै छ । यस्तै योगेश भट्टराईलाई सञ्चार मन्त्री बनाउने चर्चा छ । तर सञ्चारमा योगेशसहित पदम गिरीको पनि चर्चा छ ।

योगेश र पदमको नाममा ओली छलफलमा छन् । यदि कानुन मन्त्रालय एमालेलाई नपरे पदम सञ्चारमा जाने सम्भावना छ । त्यसो भएमा योगेशले अरु नै मन्त्रालय सम्हाल्ने छन् ।

कानुन मन्त्रालय कांग्रेसको भागमा परेपछि एमालेमा समस्या भएको छ । स्रोतले भन्यो, ‘कानुन मन्त्रालय हामीलाई नै मिलाइदिनु भनेर अनुरोध गरेका छौँ।’

यस्तै, एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिने सम्भावना छ । यसअगाडि एमालेबाट रघुवीर महासेठ उक्त मन्त्रालयमा थिए ।

यसअघिका मन्त्री दामोदर भण्डारीलाई नदोहोर्‍याएर एमालेले तारा लामा तामाङलाई सुदूरपश्चिमबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने तयारी गरेको छ । तर, तामाङलाई रोकेर भण्डारी नै दोहोर्‍याउने सक्ने सम्भावना उत्तिकै छ ।

यस्तै, मन्त्रिीपरिषद् समावेश बनाउन र सचिवालयका नेतालाई अवसर दिन छविलाल विश्वकर्मालाई पनि सरकारमा लगिँदै छ । उनको मन्त्रालय टुङ्गो लागेको छैन।

उनलाई सभामुख बनाउने पनि भनिएको थियो । तर ओलीले आफ्नै जिल्लाका विश्वासपात्र देवराज घिमिरेलाई मौका दिए ।

एमालेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पर्ने निश्चित छ ।

एमालेले थप एक मन्त्रालय पाउने अवस्था भए ज्वालाकुमारी साहलाई पनि दोहोर्‍याउने सम्भावना छ । तर अरु दललाई समेट्नुपर्ने भएकाले उनलाई मन्त्रालयमा दोहोर्‍याउने सम्भावना कम रहेको एमाले नेताहरू बताउँछन्।

यसबारे एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने, ‘विष्णु पौडेलको बाहेक अरू मन्त्रालय टुङ्गिसकेको छैन, हामी छलफलमै छौँ ।’

जिम्मा ओलीलाई

एमालेले मन्त्रालय र मन्त्रीहरूको टुङ्गो लगाउने जिम्मा अध्यक्ष ओलीलाई नै दिएको वरिष्ठ उपाध्यक्ष पोखरेल बताउँछन् ।

पोखरेलले खबरहबलाई बताएअनुसार प्रारम्भिक चरणमा एमालेले पाउने मन्त्रालयहरूको टुङ्गो लागिसकेको छ। यद्यपि साना दललाई पनि समावेश गर्नुपर्ने भएका ओलीले मन्त्रालयमा केही हेरफेर गर्न सक्ने छन् ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार पनि ओलीले मिलेर काम गर्ने सक्ने नेताहरूलाई मन्त्रालय सुम्पिनेछन् ।

उनले खबर हबलाई भनिन्, ‘हामीले अध्यक्ष ओलीलाई यो यात्रा सहज छैन, तपाईंले परिणाम आउने काम गर्नुपर्छ । मन्त्रालय र मन्त्री छान्दा तपाईं आफैँ सक्षम र योग्य छानेर पठाउन भनिसकेका छौँ ।’

उनले क्षमता हेरेर यसअघिकालाई पनि पठाउन सल्लाह दिएको बताइन् । यसअघि एमालेले आठ मन्त्रालय राख्ने तयारी थियो । तर साना दललाई समावेश गर्नुपर्ने कारण एमालेले सातभन्दा बढी मन्त्रालय पाउन सक्ने अवस्था छैन ।

साना दललाई समेट्नुपर्ने कारण मन्त्रालयमा केही घटबढ हुने एमाले उपमहासचिव ज्ञवाली बताउँछन् । ‘हामी साना दलसँग छलफल गरेर भोलिको तयारीमा जुटेका छौँ । सबैलाई समेटेर लानुपर्ने भएकाले भोलि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयत्न रहन्छ तर केही सम्भावना देखिएको छैन’ , उनले भने ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ६ : ५६ बजे

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं – ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको