प्रधानमन्त्री बनेलगत्तै पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न चपली पुगे ओली « Khabarhub

प्रधानमन्त्री बनेलगत्तै पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न चपली पुगे ओली


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न चपली पुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै ओली पूर्व राष्ट्रपति भण्डारीसँग छलफलका लागि चपली पुगेका हुन् । ओलीले भण्डारीसँग पछिल्लो राजनीतिक अवस्था र नयाँ सत्ता यात्राबारे संवाद गर्ने छन् ।

नेपाली कांग्रेससँगको सत्ता समीकरणमा एमोलले प्रधानमन्त्रीसहित ८ मन्त्री लिने भएको छ । एमोलले मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको पृष्ठभूमिमा सल्लाहका लागि उनी भण्डारी निवास पुगेका हुन् ।

एमालेबाट मन्त्री हुनेहरूको नाममा पूर्वराष्ट्रपति भण्डारीको पनि चासो छ । कांग्रेससँग समीकरण बनेपछि ओलीले भण्डारीसँग सल्लाह गरेर सत्ता यात्रा अघि बढाउँदैछन् । ‌ओलीले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन् ।

भण्डारीले राष्ट्रपतिबाट बिदा भएपछि एमालेको राजनीतिमा फर्किने पटक पटक संकेत गरिसकेकी छन् । यस्तोमा भण्डारीको पनि चासो सम्बोधन गर्ने गरी ओलीले एमालेबाट मन्त्रीको टुंगो गर्ने तयारी छ ।

राष्ट्रपति पौडेलले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेपछि सोमबार शपथ ग्रहण कार्यक्रम राखिएको छ । त्यसक्रममा एमाले र कांग्रेसको भागका सबै मन्त्रीलाई शपथ दिलाउने तयारी छ ।

कांग्रेस-एमालेबीच गत असार १९ गते नयाँ समीकरण बनेपछि असार २८ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको छ ।

त्यसपछि राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । राष्ट्रपतिको आह्वानलगत्तै ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासहित शीतल निवासमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : ०१ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर