शेख हसिनाले भनिन्, ‘स्वतन्त्र बंगलादेशका लागि लडेका मेरो पिताको अपमान गरियो’ « Khabarhub

शेख हसिनाले भनिन्, ‘स्वतन्त्र बंगलादेशका लागि लडेका मेरो पिताको अपमान गरियो’


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतमा निर्वासनमा रहेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वतन्त्रताका लागि लडेका आफ्ना बुवाको अपमान गरिएको बताएकी छन् । 

बङ्गलादेशमा चर्किएको विद्यार्थी आन्दोलन थेग्न नसकेर त्यहाँस्थजित सेनाको सहयोगमा देश छोडेर अगस्ट ५ मा भारत पुगेकी उनले यस्तो गुनासो गरेकी हुन् ।  

‘बंगबन्धु शेख मुजिबुर रहमानको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, तर अहिले उहाँको अपमान गरिएको छ’, गुनासोसहित उनले भनिन्, ‘उनीहरू (प्रदर्शनकारी)ले मेरो बुवाको अपमान गरेका छन्, म देशवासीसँग न्यायका लागि अपील गर्छु ।’ 

शेख हसिनाको यो बयान उनका छोरा सजीव वाजिद जोयलाई उद्धृत गर्दै सञ्चारमाध्यममा आएको हो । उनले आफ्नी आमाको उक्त भनाइ सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

शेख हसिनाले बङ्गलादेशी नागरिकहरूलाई अगस्ट १५ मा आफ्ना पिता शेख मुजिब उर रहमानको पुण्यतिथि मनाउन आग्रह गरेकी छन्।

मुजिब उर रहमानको १५ अगस्ट १९७५ मा गोली हानी हत्या गरिएको थियो। यसैबीच बंगलादेशको अन्तरिम सरकारले १५ अगस्टको सार्वजनिक बिदा पनि रद्द गरिदिएको छ ।

हसिनाले विद्यार्थी आन्दोलनका क्रममा मारिएका ५ सय बढीलाई श्रद्धाञ्जली पनि दिएकी छन् । 

‘जुलाईदेखि अहिलेसम्म आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र हिंसामा धेरैले ज्यान गुमाएका छन्। म उहाँहरूको आत्माको चिरशान्तिको कामना गर्दछु’, उनले भनेकी छन्, ‘उहाँहरूप्रति समवेदना प्रकट गर्दछु। उनीहरूसँग म छु, म जस्तै जो आफ्नो प्रियजन गुमाएको पीडासँग जिउँदै मरेका छन।’

आन्दोलनमा धेरै विद्यार्थी, शिक्षक, प्रहरी, पत्रकार, अवामी लिगका नेता र सामाजिक कार्यकर्ता मारिए । हसिनाले भनिन्, ‘म यी हत्या र बर्बरतामा संलग्नहरूलाई कडा सजाय दिन माग गर्दछु।’

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १२ : ४७ बजे

चुनाव लडेका तीन पूर्व प्रधानमन्त्रीमध्ये प्रचण्ड मात्रै पुगे सदन

काठमाडौं- हालै सम्पन्न निर्वाचनमा चुनाव लडेका तीनजना प्रधानमन्त्रीमध्ये पुष्पकमल दाहाल

स्याङ्जा–२ मा कांग्रेसका भागवतप्रकाश मल्लको अग्रता कायम

स्याङ्जा– स्याङ्जा क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार

सबै कांग्रेसका पदाधिकारी हारतर्फ, सभापति गगनमाथि नै सोझियो नैतिक प्रश्न

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका नेपाली कांग्रेसका सबै पदाधिकारी

शान्तिपूर्ण निर्वाचनका लागि मोदीले दिए नेपाली जनता र सरकारलाई बधाई

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण

झापाका पाँचवटै क्षेत्रमा रास्वपा अगाडि, अन्तिम नतिजा आउन लाग्दा सुरक्षा व्यवस्था कडा

काठमाडौं– झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)