टीआरसीबारे रवि लामिछाने- पीडितले न्याय पाउन नसके देशका लागि दुर्भाग्य हुन्छ « Khabarhub

टीआरसीबारे रवि लामिछाने- पीडितले न्याय पाउन नसके देशका लागि दुर्भाग्य हुन्छ


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले संक्रमणकालीन न्यायसँगसम्बन्धी बाँकी कामलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै लामिछानले राजनीतिक दाउपेचकै कारण संक्रमणकालीन न्यायका कामहरू लामो समय अल्झिएको बताए ।

उनले यसलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गरेका छन् । लामिछानेले न्याय दिने संरचनालाई बलियो बनाउँदै पीडितलाई न्याय दिन सक्नुपर्नेमा जोड दिए ।

राजनीतिक भागबण्डाका आधारमा आयोगमा पदाधिकारी चयन गरे पीडितले न्याय पाउन नसक्ने उनले बताए ।

उनले अन्तर्राष्ट्रिय जगतले प्रश्न गर्न नसक्ने गरि संक्रमणकालीन न्यायसँगसम्बन्धी कामलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।

ठूला दल एक ठाँउ आएर सरकार बनाउने परिस्थिति मुलुकमा आएको स्वीकार गर्न तयार नरहेको जिकिर उनले गरे ।

लोकतन्त्रका मूल्य मान्यतालाई आत्मसाथ गर्दै प्रणालीहरूलाई नभत्काउने प्रतिबद्धता गर्नुपर्नेमा लामिछानेले जोड दिएका छन् ।

लोकतान्त्रिक प्रणालीमा भइरहेको प्रहारका कारण नयाँ दलहरू स्थापित हुने अवस्था आएकोसमेत उनको तर्क थियो ।

टीआरसीलाई रास्वपाले नजिकबाट हेरिरहेको भन्दै प्रणालीका नाममा यसलाई भत्काउने काम भए पीडितहरूका लागि दुर्भाग्य हुने बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ३ : ५५ बजे

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक