कसरी गर्ने आपत्कालीन अवस्थामा प्राथमिक उपचार ? | Khabarhub Khabarhub

कसरी गर्ने आपत्कालीन अवस्थामा प्राथमिक उपचार ?

विश्व प्राथमिक उपचार दिवस


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज विश्व प्राथमिक उपचार दिवस, ‘प्राथमिक उपचार र खेलकुद’ भन्ने नाराका साथ मनाइदैछ। प्राथमिक उपचारको महत्त्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचारमा खटिने स्वयंसेवकलाई सम्मान गरी हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ।

जीवन बचाउन, बिरामी वा घाइतेको अवस्था सुधार गर्न र चिकित्सा सेवाको पहुँच नहुने अवस्थासम्म प्रारम्भिक स्याहार गर्न प्राथमिक उपचार महत्त्वपूर्ण रहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।

के हो प्राथमिक उपचार ?
प्राथमिक उपचार भनेको कुनै पनि व्यक्तिलाई सामान्य वा जटिल चोटपटक लागेमा, बिरामी भएमा अथवा मृत्यु नजिकको अवस्था आइपरेमा सामान्य वा तालिम प्राप्त व्यक्तिले अस्पतालसम्म पुर्याउनुअघि गरिने हेरचाह हो।

सानो आगोको झिल्कोले पोल्दा चिसो पानीमा हात भिजाउनु वा दनदन आगोले जलेको भागमा सफा कपडाले छोप्नु प्राथमिक उपचारभित्र पर्छन्। प्राथमिक उपचार गर्ने व्यक्तिले सानोतिनो स्वास्थ्य सम्बन्धी जानकारी तथा तालिम लिएको हुनुपर्ने हो। तर दुर्घटना भनेर आउने होइन। जुनसुकै परिस्थितिमा आफ्नो र आफन्तलाई मद्दत पुर्याउन हामीले प्राथमिक उपचार बारेमा जानकारी लिइराख्नु राम्रो हो।

कस्तो समस्यामा कसरी प्राथमिक उपचार गर्ने ?
हृदयघात
नेपालमा सन् २०३० सम्म हृदयघात दर अहिलेको ९ प्रतिशतबाट बढेर करिब ३४ प्रतिशतमा पुग्ने तथ्यांकले देखाएको छ। हरेक वर्ष करिब १० दशमलव २२ प्रतिशतले नेपालमा सवारी दुर्घटना बढीरहेको छ। मान्छेको ज्यान जोगाउन तुरुन्तै स्वास्थ्य उपचार सुरु गर्नु जरुरी हुन्छ। समयमै प्राथमिक उपचार पाउनसके धेरैको ज्यान जोगाउन सकिने चिकित्सक बताउँछन्।

वरिष्ठ मुटुरोग विशेषज्ञ कमल लम्साल भन्छन्, ‘यदि कसैलाई अचानक हृदयघात भयो भने अस्पताल लैजान समय लाग्नसक्छ। त्यसैले आफूले जानेको सुरुवाती उपचार गर्नुपर्छ। पीडितको छातीको बिचमा दबाबका साथ थिच्नुपर्छ। मुख्य केन्द्रमा थिच्नाले सास आउँछ।

बिरामीलाई होसमा ल्याउनका लागि १ मिनेटमा सयदेखि १२० पटक छातीको बीचमा थिच्नु पर्छ। तर यही बीचमा बिरामीलाई चाँडोभन्दा चाँडो अस्पतालमा लान भने भुल्नु हुँदैन। यो तरिका समयमा नै अपनायो भने बिरामीको ज्यान बच्न सक्छ।

छारे
कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. सविना दाहालका अनुसार छारेले छोपेका बेला बिरामीलाई सबैभन्दा पहिले चोटपटक लाग्नबाट बचाउनुपर्छ। नजिकै केही धारिलो हतियार या चोटपटक लाग्ने सामान छन् भने हटाउनुपर्छ। रोगी बेहोस भएको या कामिरहेको अवस्था छ भने उसलाई सफा, नरम ठाउँमा देब्रेतिर कोल्टे फर्काएर सुताउनुपर्छ।

डा. सविना दाहालका अनुसार छारेले छोपेका बेला बिरामीलाई सबैभन्दा पहिले चोटपटक लाग्नबाट बचाउनुपर्छ।

बिरामीको टाउकोमुनी कपडा वा तकिया राख्नुपर्छ। उसले लगाएका लुगालाई खुकुलो पार्नुपर्छ। बिरामीको मुखमा औंला हाल्ने, मोजा, जुत्ताको गन्ध सुघाउने जस्ता कार्य गर्नु हुँदैन।

 

जलन हुँदा
नेपालमा जलनबाट वार्षिक दुई हजार जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ। धेरैजसो जलनका घटना ग्रामीण भेगमा हुने गरेका छन्।

अस्पतालको सहज उपलब्धता नभएको ठाउँमा जलेको भागमा गोबर दल्ने तर पानी नहाल्ने जस्ता काम गर्दछन्। जसका कारण बिरामी झन जटिल अवस्थामा पुग्ने गरेको जलन उपचारको क्षेत्रमा काम गरिहेका सामाजिक अभियान्ता उज्ज्वल विक्रम थापा बताउँछन्।
थापाले भने, ‘जलन भनेको अकस्मात हुने दुर्घटना हो। समयमै सही प्राथमिक उपचार गर्नसके बिरामीलाई बचाउन सकिन्छ।’

कुनै व्यक्ति जलनमा परेमा सर्वप्रथम बिरामीलाई सफा स्थानमा सुताउनुपर्छ। जलन भएको भाग नजिक कुनै कपडा वा गहना भए सुस्तरी हटाउने, तर यसलाई जबरजस्ती गर्नु हुँदैन। जबरजस्ती हटाउन खोजिएमा यसले बिरामीको घाउमा अधिक क्षति पुर्याउँछ। जलनको घाउ छिटै सङ्क्रमण हुनसक्ने हुँदा जलेको भागलाई सफा कपडाले छोप्ने वा सफा ड्रेसिङ लगाउने गर्नुपर्छ। संवेदनशील भाग जस्तै टाउको, घाँटी, मेरुदण्ड, छाती, पेट र यौनअङ्गमा जलन भएको छ भने यस्तो जलन उपचारका लागि विशेष सेवाको आवश्यक पर्ने हुँदा तत्कालै अस्पताल पठाउनुपर्छ।

आवश्यकता अनुसार जलनको दुखाई कम गर्ने औषधी दिनसक्नुपर्छ। यदि सास फेर्न कठिनाई भएको छ भने र अनुहारमा जलन भएको छ भने अक्सिजन दिनुपर्छ। यदि गम्भीर प्रकारको जलन भएको छ भने माथि उल्लेख गरिएको व्यवस्थापन पश्चात बिरामीलाई तत्काल अस्पताल पठाउनुपर्छ।

आवश्यकता अनुसार जलनको दुखाई कम गर्ने औषधी दिनसक्नुपर्छ। अनुहारमा जलन भएको छ भने अक्सिजन दिनुपर्छ।

 

सर्पले टोकेपछिको प्राथमिक उपचार
नेपालमा सर्पको टोकाइबाट हरेक वर्ष २० हजार पीडित हुने र त्यसमध्ये एक हजार जनाको मृत्यु हुने गरेको अनुमान छ। सेती प्रोदेशिक अस्पताल, धनगढीका वरिष्ठ फिजिसियन डा.निराजनदत्त शर्माका अनुसार उपचारभन्दा पनि झारफुकमा लाग्दा हरेक वर्ष धेरै जनाले अकालमा ज्यान गुमाउने गरेका छन्। डा. शर्मा भन्छन्, ‘यदि कुनै सर्पले टोक्यो भने चिच्याउने, कराउने आत्तिने गर्नु हुँदैन।’ टोकेको ठाउँमा चुस्ने काम पनि गर्नु हुँदैन। हातखुट्टामा टोकेको छ भने चलाउँदा झन् चाँडो विष फैलिने भएकाले धेरै चलाउनु हुँदैन।

कपडाले हलुका रुपमा बाँधेर टोकेको भागलाई नचलाई जतिसक्दो चाँडो अस्पताल पुग्नु नै यसको पहिलो प्राथमिक उपचार हो। बिरामीलाई आँखा खोल्न गाह्रो हुने समस्या देखियो भने तत्काल सुत्न नदिने उसँग कुरा गरिराख्ने, सान्त्वना दिने गर्नुपर्छ।

प्राथमिक उपचार गर्दा ध्यान दिनुपर्ने कुरा
चिकित्सकका अनुसार प्राथमिक उपचार गर्दा सर्वप्रथम सरसफाइमा ध्यान दिनु जरुरी हुन्छ।

प्राथमिक उपचार गर्ने व्यक्ति दुर्घटनास्थलमा सकेसम्म चाँडै पुग्ने प्रयास गर्नुपर्छ। प्राथमिकताको आधारमा, सिकिस्त र जोखिम भएका घाइतेलाई प्राथमिकता दिएर उपचार गर्नुपर्छ।

 

त्यसपछि सामग्री उपलब्ध हुनुपर्छ। खिया लागेका कैंची वा ब्लेड प्रयोग गर्नु हुँदैन। यस्तो बेला भर्खर आरनबाट झिकेका औजार प्रयोग गर्नु उत्तम हुन्छ भने उपलब्ध नभएको खण्डमा पानीमा उमालेर सफा भएपछि प्रयोग गर्नुपर्छ। उपचार दिने मानिसले पनि मास्क लगाउने र उपचार सुरु गर्नुअघि साबुनपानीले हात धुनुपर्छ।

प्राथमिक उपचार गर्ने व्यक्ति दुर्घटनास्थलमा सकेसम्म चाँडै पुग्ने प्रयास गर्नुपर्छ। प्राथमिकताको आधारमा, सिकिस्त र जोखिम भएका घाइतेलाई प्राथमिकता दिएर उपचार गर्नुपर्छ। प्राथमिक उपचार गर्ने व्यक्तिले रोगी तथा नातेदारसाई सान्त्वना दिनुपर्छ। रत्तश्राव भएको भए त्यसलाई रोक्ने काम पहिला गर्नुपर्छ। बिरामीको अवस्था हेरेर सकेसम्म चाँडै विशेष उपचारका लागि पठाउने वा पहल गर्नुपर्छ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  १० : १० बजे

दहचोकस्थित इन्द्रदहमा भक्तजनको घुइँचो

 काठमाडौं– चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो

सेतीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता

काठमाडौं– बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा दुईजना

अल नासरले बर्खास्त गर्‍यो मुख्य प्रशिक्षक

काठमाडौं– साउदी क्लब अल नासरले प्रशिक्षक लुइस कास्ट्रोलाई बर्खास्त गरेको

‘रवि लामिछानेले क्लिनचिट नै पाउनुभएको हो’

सहकारी संस्थाहरूमा भएको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले

रास्वपालाई सूर्य थापाको प्रश्न- कारबाही सिफारिसको अंग्रेजी अनुवाद ‘क्लीन चिट’ हुन्छ ?

काठमाडौं- सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय