दुर्घटना न्यूनीकरणका लागि निःशुल्क खाजासहितको विश्रामस्थल « Khabarhub

दुर्घटना न्यूनीकरणका लागि निःशुल्क खाजासहितको विश्रामस्थल


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– दशैँमा यात्रुको चाप बढ्दा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि रामेछापको खाँडादेवी गाउँपालिका—३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ । सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका–६ माकादुमले यो अभ्यास गरेका हुन् ।

यही असोज ११ र १२ गतेको अविरलपछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरिकोट हुँदै लामोदुरीका सवारीसाधन सञ्चालन भइरहेका छन् । त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सेवा सञ्चालन गरिएको वडा नम्बर ६ का वडाध्यक्ष नारायण कार्कीले जानकारी दिए ।

उनले भने, ‘लामोदुरी पार गरेर आएका सवारीसाधनमा प्राविधिक समस्याका कारण दुर्घटना हुने जोखिम छ । घटस्थापनापछि मात्रै यहाँ दुईतीन वटा दुर्घटना भइसकेका छन् तर पनि चालकले गाडी रोक्न नमान्ने अवस्था थियो । निःशुल्क पानी र खाजाको व्यवस्थापछि भने चालकले यातायातका साधन रोक्ने गरेका छन् । अभियान प्रभावकारी भएको छ ।’

उनका अनुसार यो अभियान दशैँ मनाउन घर जान हिँडेका यात्रीलाई लक्षित गरी यही असोज २४ र २५ गते सञ्चालन गरिएको थियो । फेरि दशैँ मनाएर फर्किनेहरूका लागि अभियान सञ्चालन गर्ने योजना छ । उक्त स्थानमा खाजाका लागि बिस्कुट, चाउचाउलगायतका खानेकुरा र पानी तथा चिसो पेयपदार्थ निःशुल्क रूपमा वितरणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रदिपकुमार सिंहले बताए ।

काठमाडौंबाट नेपालथोक हुँदै खुर्कोट र खैरेनी घाटको पुल तरेर जिल्लाका विभिन्न स्थानमा आवतजावत गर्ने सवारीसाधन बाढीले दुवै स्थानका पुल बगाएपछि मुडे, चरिकोट, मन्थली हुँदै सञ्चालन हुने गरेका छन् ।

भीरपानीको सित्खादेखि पकरवासको गोगनपानी डाँडासम्म उकालो र गोगनपानीदेखि भीरपानीको चरीखोलासम्म ओरालो बाटो भएकाले यहाँ दुर्घटनाको जोखिम रहेको छ । उक्त अभियान सञ्चालन गरिएपछि यात्री मात्र नभई चालक तथा सहचालकसमेत खुसी भएको स्थानीय राजेशकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ९ : १४ बजे

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या