बीपी राजमार्गमा रुटका सबै सवारी साधन सञ्चालन हुने « Khabarhub

बीपी राजमार्गमा रुटका सबै सवारी साधन सञ्चालन हुने


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अविरल वर्षा र बाढी पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका सवारी साधन सञ्चालन हुने भएका छन् ।

सडक डिभिजन भक्तपुरले सोमबार सूचना जारी गरि राजमार्गको भकुण्डेवेशी वर्षेखोला खण्डको करिव ८ किलोमिटर सडक बगाएकाले हाल ट्रयाक खोली साना सवारी साधनमात्रै सञ्चालन भएकोमा मंगलबारदेखि रुट अनुमति लिएका सबै प्रकारका सवारी साधन सञ्चालन गर्न योग्य हुने जनाएको हो ।

साथै सडक डिभिजनले उक्त सडक खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकाले रातीको समयमा यात्रा नगर्न अनुरोध समेत गरेको छ ।

भकुण्डेवेशी बर्षेखोला खण्डको सडक बगाएपछि सडक डिभिजनले चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सन निर्माण गरेको छ । 

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  १ : ५६ बजे

चाँदी आयातमा पाइने विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा

काठमाडौं– नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको

निर्वाचन आचारसंहिता स्वीकृत

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  जारी हुने

रविसँगको सहमतिमा कमजोर देखिए बालेन, कसलाई फाइदा, कसलाई घाटा ?

काठमाडौं- लामो छलफलपछि आइतबार सबेरै बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार

वीरगञ्ज– वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला

चितवन महोत्सव : हात्तीलाई १५ परिकारको भोज खुवाएर सम्पन्न (तस्बिरहरू)

काठमाडौं– चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा