मधेशका मेलामा कुस्तीको ‘क्रेज’ « Khabarhub

मधेशका मेलामा कुस्तीको ‘क्रेज’


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको मिर्चैया नगरपालिका-९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीयस्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी मेला’मा पहलमानबीच हुने कुस्ती खेलको ‘क्रेज’ बढ्दै गएको छ। मङ्गलबारदेखि सुरु भएको खेल हेर्न यहाँ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ।

मेलामा आयोजित कुस्ती प्रतियोगिताको दोस्रो दिनसम्ममा नेपाल र भारतका विभिन्न ठाउँबाट पहलवान सहभागी भएका मेला समितिका अध्यक्ष रामअधार यादवले बताए। उनले भने, “मेलालाई भव्य बनाउनका लागि विगतमा जस्तै यसपाली पनि नेपाल र भारतका नाम चलेका पहलवानको कुस्ती, मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम भइरहेका छन्।”

प्रत्येक वर्ष हरिबोधिनी एकादशीदेखि तीनदिनसम्म लाग्ने कमलदह मेलामा सिरहा, सप्तरी, धनुषा एवम् भारतको विभिन्न राज्यबाट श्रद्धालु भक्तजन आउने गर्दछन्। मेलामा अत्यधिक भीड हुने भएकाले शान्ति सुरक्षाका लागि सुरक्षा निकाय, स्थानीय स्वयंसेवक पनि खटिएको मेला समितिका अध्यक्ष यादवको भनाइ छ।

पौराणिक एवं धार्मिक महत्त्व बोकेको कमल फूलको नामले परिचित कमलदहमा स्नान गरेर पूजापाठ गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ। यहाँ स्नान एवम् पूजापाठ गर्न हरिबोधिनी एकादशीका साथै तीनै दिन भक्तजन तथा दर्शनार्थी आउने गर्दछन्।

प्रत्येक वर्ष लाग्ने यस मेलाले ऐतिहासिक तथा धार्मिकस्थल कमलदहको संरक्षण सम्बर्द्धनसँगै पर्यटकीय क्षेत्र बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको मिर्चैया नगरपालिका प्रमुख श्रवणकुमार यादवले बताए। मेलामा कुस्तीप्रेमीले यस खेललाई उत्सवकै रूपमा लिने गरेकाले यसको संरक्षण र सम्बर्द्धनमा नगरले विशेष महत्त्व दिएको उनको भनाइ छ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ६ : ०५ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना