नेपाल पत्रकार महासङ्घ चितवन शाखाको अध्यक्षमा पराजुली « Khabarhub

नेपाल पत्रकार महासङ्घ चितवन शाखाको अध्यक्षमा पराजुली


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

नारायणगढ – नेपाल पत्रकार महासङ्घ चितवन शाखाको अध्यक्षमा वसन्तराज पराजुली निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनको निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पराजुलीले एक सय ३२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरे।

उपाध्यक्षमा दीपेन्द्र अधिकारी, महिला उपाध्यक्षमा शान्ता अधिकारी र सचिवमा राजेश घिमिरे निर्विरोध निर्वाचित भएकी छन् । शाखाको सह–सचिवमा खुलातर्फ रविना पौडेल र समावेशीतर्फ राजु चौधरी निर्वाचित भए भने कोषाध्यक्षमा कृष्ण आचार्य निर्वाचित भए। त्यसैगरी सदस्य (आदिवासी जनजाती) मा सुनिलकुमार श्रेष्ठ र ९दलित०मा सरोज उपरकोटी पनि निर्विरोध निर्वाचित भएका हुन् । सदस्य ९महिला०मा अस्मिता पराजुली निर्वाचित भए ।

शाखाको खुला सदस्यमा कुलप्रसाद काफ्ले, केशव भट्टराई, राजु सापकोटा, बद्रीप्रसाद अर्याल, रोहिणी त्रिपाठी, सनद अधिकारी, सुदन पौडेल, सुरेन्द्र पौडेल, सुशील पन्त र हेमराज रिमाल निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी शाखाबाट प्रदेश परिषद् १७ जना सदस्यमा खुलातर्फ अर्जुन अधिकारी, किशोरचन्द्र सापकोटा, कृष्णप्रसाद खनाल, दीपक पोखरेल, बिचित्र पौडेल, रमेश पौडेल, लक्ष्मण गौतम, सूर्यप्रसाद अधिकारी र होमनाथ न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

समावेशी सदस्यतर्फ अनिता अर्याल, अमिर रामदाम, गिता दराई घिमिरे, निरुता विक, पूजा ढकाल, प्रतीमा तामाङ, राजनदिल गुरुङ, र सिन्धु ढकाल निर्विरोध निर्वाचित भएको शाखाका सल्लाहकार तिलकराम रिमालले जानकारी दिए।

शाखाबाट केन्द्रीय परिषद् छ जना सदस्यमा खुलातर्फ तिलकराम रिमाल, अनिल ढकाल र शालिकराम नेपाल निर्वाचित भए भने समावेशी सदस्यमा ईश्वर जोशी, प्रमीता ढकाल र प्रतीमा सिलवाल निर्विरोध निर्वाचित भए। कूल दुई सय ५५ जना सदस्य रहेको शाखाको निर्वाचनमा दुई सय २३ मत खसेको थियो ।

 

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  २ : २८ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको