स्थानीय तह उपनिर्वाचन : कांग्रेसले चयन गर्‍यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार | Khabarhub Khabarhub

स्थानीय तह उपनिर्वाचन : कांग्रेसले चयन गर्‍यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीका तर्फबाट चुनाव लड्ने कोशी र गण्डकी प्रदेशका उम्मेदवार सर्वसम्मत रूपमा चयन गरेको छ ।

कोशी प्रदेशको ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका – ३ को वडाध्यक्ष पदमा भीमकुमार लक्सम्वा, झापा कन्काई नगरपालिका – ६ को वडाध्यक्ष पदमा रामगोपाल वली, मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा बलराम सरदार, तेह्रथुम लालीगुराँस नगरपालिका-८ को वडाध्यक्ष पदमा नगेन्द्र लिम्बू, सुनसरी जिल्ला गढी गाउँपालिका – ६ को वडाध्यक्ष पदमा तेतर साह, ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुख पदमा टेकराज भट्टराई, ओखलढुङ्गा मोलुङ गाउँपालिका – ५ को वडाध्यक्ष पदमा घनश्याम दाहाल, उदयपुर त्रियुगा नगरपालिका – १२ को वडाध्यक्ष पदमा सञ्जीव काफ्ले र बेलका नगरपालिका – ९ को वडाध्यक्ष पदमा नवराज बस्नेतलाई सर्वसम्मत चयन गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी गण्डकी प्रदेशअन्तर्गत गोरखाको गोरखा नगरपालिका – ५ को वडाध्यक्ष पदमा भाइकाजी आलेलाई सर्वसम्मत चयन गरिएको पनि जनाइएको छ । पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भई निर्वाचनको मैदानमा सामेल हुन कांग्रेस केन्द्रीय कार्यालयले अनुरोध गरेको छ । रासस

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ८ : ४२ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य