दशैँमा नेपालीले कति खाए मासु ? « Khabarhub

दशैँमा नेपालीले कति खाए मासु ?


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला देश हिन्दू धर्मालम्बीहरूको महान पर्व दशैैंमय छ । कोजाग्रत पूर्णिमा (भोलि बुधबार) सम्म टिकाटालो लगाउँदै र भएसम्म मीठोमसिनो खाँदै दशैँ मनाउने गरिन्छ ।

जाति, समुदाय र भूगोलअनुसार भिन्न–भिन्न विशेषतामा दशैँ मनाइने भए पनि धेरै परिवारमा यतिबेला मुख्य परिकार मासु बन्ने गर्छ ।

उपभोगका हिसाबले अन्य देशको तुलनामा नेपाल पछाडि नै रहे पनि दशैँका बेला भने अत्यधिक मासु खपत हुने गर्छ । मासु खपतको विषयले पनि दशैँकै बेला प्राथमिकता पाउने गर्छ ।

राज्यदेखि निजी क्षेत्रसम्मको पहलमा दशैँका बेला देशभर माछामासु व्यवस्था गरिन्छ । जिउँदा खसीबोकादेखि फ्रोजन मिटसम्मको व्यापारले दशैँकै बेला रेकर्ड तोड्छ ।

आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष ०७९/८० मा नेपालमा आवश्यकताको तुलनामा माछा, मासु र अण्डाको उपलब्धता बढी रहेको थियो । सो आर्थिक वर्षमा ४३० हजार मेट्रिक टन मासु र ११३ हजार मेट्रिक टन माछाको उपलब्धता रहेको थियो ।

कृषि विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७९/८० मा नेपालमा भैंसीको मासु एक लाख १६ हजार ५०३ मेट्रिक टन, भेडाको मासु एक हजार ८७४ मेट्रिक टन बाख्राको मासु ७७ हजार १६२, सुँगुरको मासु ३२ हजार ५३३ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै, सोही आर्थिक वर्षमा कुखुराको मासु दुई लाख ६५८ मेट्रिक टन र हाँसको मासु एक हजार ३५५ मेट्रिक टन उत्पादन भएको थियो ।

गत आर्थिक वर्षमा नेपालमा ४३१ मेट्रिक टन मासु र ११९ मेट्रिक टन माछा उत्पादन भएको थियो । सो उत्पादनसँगै नेपालमा वर्षेनी अर्बौं रूपैयाँ बराबरको माछा मासुको आयात हुने गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा नेपालमा दुई अर्ब २३ करोड ७४ लाख ७५ हजार रूपैयाँ बराबरको विभिन्न प्रकारका ज्यूँदो तथा तयारी माछा मासु आयात भएको थियो ।

तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नेपालबाट विभिन्न देशमा जम्मा १२ करोड ४१ लाख ३६ हजार रूपैयाँ बराबरको विभिन्न ज्यूँदो तथा तयार गरिएका माछामासु निर्यात भएको थियो ।

यो पनि-

मासु भारतबाट, दाँत कोट्याउने सिन्का चीनबाट

नेपालको आन्तरिक उत्पादन र आयातको अवस्थालाई हेर्दा नेपालीले वर्षेनी ६०० मेट्रिकटन भन्दा धेरै माछामासु उपभोग गर्ने गरेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै माछा मासु हिन्दुहरूको ठूलो चाड दशैँ र अन्य पर्वहरूमा हुने गरेको व्यवसायीको भनाइ छ ।

राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीका अनुसार नेपालमा दैनिक ८ लाख किलो कुखुराको मासु खपत हुँदै आएको छ । जसमध्ये राजधानीमा मात्रै दैनिक ५ लाख किलो खपत हुने गर्छ ।

दशैँका बेला भने मानिसहरूले खसी, राँगा, च्याङ्ग्रा लगायतको मासुमा जोड दिने हुँदा कुखुराको मासुको बिक्रीमा वृद्धि नहुने गरेको उनले बताए ।

सरकारको पूर्ण स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँलाई लक्षित गरी काठमाडौंमा ११ सय खसी र ३०० वटा च्याङ्ग्रा बिक्रीका लागि ल्याएको थियो ।

अन्य समयमा विशेष गरी ब्रोइलर कुखुराको मासु बढी बिक्री हुने गरेकोमा दशैँको समयमा भने खसी, बोका, राँगा, भेडा, च्याङ्ग्रा लगायतको मासुको बिक्री बढी हुने गरेको फ्रेस हाउस सञ्चालकहरू बताउँछन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ११ : ५९ बजे

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति