आज २०८० साल माघ १ गते सोमबारको राशिफल « Khabarhub

आज २०८० साल माघ १ गते सोमबारको राशिफल


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ १ गते सोमबार तदनुसार सन् २०२४ जनवरी १५ तारिख। आजदेखि उत्तरायण सुरु भएको छ। हरेक वर्ष माघ १ गतेदेखि उत्तरायण सुरु हुन्छ। यसलाई सहज रुपमा बुझ्न दिन लामो हुँदै गएको मान्न सकिन्छ। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन राम्रो छ। बोलीमा मोहनी भएकाले काम बन्नेछ। शिक्षा र स्वास्थ्यका क्षेत्र सबल छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा भने विश्वासको अभाव हुनेछ।

वृष : दैनिकी सामान्य राम्रो छ। रमाइला कामले दिन सहजै बित्नेछ। दुर्घटनाको जोखिम रहेकाले सवारी साधनमा यात्रा गर्दा सचेत हुनु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुनेछ।

मिथुन : दैनिकी राम्रो छ। आम्दानी हुनेछ। आफ्नो श्रमको मूल्य पाइने छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा खुशी छाउने छ।

कर्कट : दिन सामान्य छ। हरेक काममा विरोध र बाधा आइपुग्छन्। तनावपूर्ण दिन भए पनि शिवलाई स्मरण गर्नाले दिन सहज हुनेछ। परिवारबाट सहयोग प्राप्त नहुन सक्छ।

सिंह : दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

कन्या : दैनिकी सामान्य छ। आम्दानी भन्दा बढी खर्च हुनेछ। यात्रा जोखिमपूर्ण हुनसक्छ। परिवारबाट राम्रो साथ र सहयोग मिल्नेछ।

तुला : समय राम्रो छ। हरेक क्षेत्र राम्रो भए पनि सन्तानले आरोप लगाउने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर रहने देखिन्छ।

वृश्चिक : समय सामान्य छ। हरेक क्षेत्रमा असहयोग हुने योग छ। परिवारको साथ र सहयोग हुनेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ।

धनु : दिन राम्रो छ। आफ्नो बोली सम्हाल्नु राम्रो हुन्छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र सबल छन्। शिक्षा क्षेत्रमा लगानी भएको भए राम्रो उन्नति हुने योग छ। परिवारको सहयोग मिल्नेछ।

मकर : दैनिकी राम्रो छ। हरेक क्षेत्र सबल छन्। दिन रमाइलोसँग बित्नेछ। अचानक आउने नराम्रो खबरले मन दु :खी हुनसक्छ। परिवारको साथ र सहयोग प्राप्त हनेछ।

कुम्भ : दिन राम्रो छ। तीर्थ यात्रा गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। यात्रामा सफलता प्राप्त हुनेछ।

मीन : समय सामान्य छ। अचानक खर्च बढ्ने छ। सञ्चित धन जोगाउनुपर्ने देखिन्छ। परिवारबाट सहयोग हुनेछ। पेट सम्बन्धी रोगको प्रकोप बढ्नेछ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ५ : ०७ बजे

छोरी जन्मिए प्रोत्साहन भत्ता !

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी (शिशु) जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

कास्की– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमा दुई हजार

फिफा विश्वकप : अमेरिकाको सानदार सुरुवात, पाराग्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिकाले सानदार सुरुवात गरेको छ ।

डिजिटल अभियानको परिणामले संस्थापन कांग्रेस मख्ख, भेलामार्फत दबाब बढाउँदै इतर समूह

कांग्रेसले नयाँ वर्ष २०८३ सुरु भएसँगै ‘एक महिने जरामा जाउँअभियान’