इटालियन सिरी ए : रोमामाथि एसी मिलानको सहज जित « Khabarhub

इटालियन सिरी ए : रोमामाथि एसी मिलानको सहज जित


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । गएराति भएको खेलमा रोमालाई ३–१ गोलले हराउँदै मिलान विजयी भएको हो ।

मिलानका लागि यासिन अदली, थियो हर्नान्डेज र ओलिभर गिरोडले एक–एक गोल गरेका थिए । रोमका लिआन्ड्रो परेडेसले एक गोल फर्काएका थिए ।

मिलानका अदलीले खेलको ११औँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५६औँ मिनेटमा हर्नान्डेज र ८४औँ मिनेटमा गिरोडले गोल गरेका थिए । रोमाका परेडेसले खोलको ६९औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

यो जितसँगै एसी मिलान २० खेलबाट ४२ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

शीर्ष स्थानको इन्टर मिलानको ५१ अंक छ भने १९ खेल खेलेको युभेन्टसको ४६ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, पराजित भएको रोमा २९ अंकका साथ नवौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ६ : १६ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित