इटालियन सिरी ए : रोमामाथि एसी मिलानको सहज जित « Khabarhub

इटालियन सिरी ए : रोमामाथि एसी मिलानको सहज जित


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । गएराति भएको खेलमा रोमालाई ३–१ गोलले हराउँदै मिलान विजयी भएको हो ।

मिलानका लागि यासिन अदली, थियो हर्नान्डेज र ओलिभर गिरोडले एक–एक गोल गरेका थिए । रोमका लिआन्ड्रो परेडेसले एक गोल फर्काएका थिए ।

मिलानका अदलीले खेलको ११औँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५६औँ मिनेटमा हर्नान्डेज८४औँ मिनेटमा गिरोडले गोल गरेका थिए । रोमाका परेडेसले खोलको ६९औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

यो जितसँगै एसी मिलान २० खेलबाट ४२ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

शीर्ष स्थानको इन्टर मिलानको ५१ अंक छ भने १९ खेल खेलेको युभेन्टसको ४६ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, पराजित भएको रोमा २९ अंकका साथ नवौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ६ : १६ बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३