घर वरिपरि किन रोप्नु हुँदैन काँडेदार बोटबिरुवा ? « Khabarhub

घर वरिपरि किन रोप्नु हुँदैन काँडेदार बोटबिरुवा ?


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

आफ्नो घरको बगैँचालाई राम्रो र सुन्दर बनाउनका लागि थरिथरिका बोटविरुवा लगाउने चलन छ ।

विशेष गरी शहरी क्षेत्रमा गमला तथा घर वरिपरिको खाली ठाउँमा विभिन्न किसिमका फूल तथा बोट बिरुवाले सजाउने गरिएको पाइन्छ ।

वास्तु शास्त्रका हिसाबले केही बोटबिरुवालाई घर वरिपरि लगाउँदा शुभ मानिएको छ भने केहीलाई अशुभ मानिएको छ ।

वास्तुशास्त्र अनुसार सकारात्मक ऊर्जा कायम राख्न विभिन्न बोटबिरुवाको महत्वपूर्ण भूमिका रहन्छ । आज हामी काँडेदार बिरुवाका बारेमा चर्चा गर्दैछौँ ।

वास्तुशास्त्र अनुसार घर परिसरमा कुनै पनि प्रकारको काँडेदार बोटबिरुवा हुनु शुभ मानिँदैन । यसले घरमा नकारात्मक ऊर्जा उत्पन्न गराउने विश्वास गरिन्छ ।

सिउँडी  पनि प्रकारको काँडेदार बिरुवा हो यसलाई पनि घर वा आसपासमा रोप्न हुँदैन ।

यस्तो बिरुवा घर वरिपरि हुँदा यसबाट उत्पन्न हुने नकारात्मक ऊर्जाका कारण परिवारका सदस्यबीच आपसी मनमुटाव बढ्ने विश्वास गरिन्छ ।

घरमा खजूरको बोट हुनु वास्तुको दृष्टिले शुभमा मानिँदैन । काँडेदार हुने भएकाले वास्तु अनुसार खजूर घर वा आसपासमा भए यसले पनि नकारात्मक ऊर्जा उत्पन्न गर्ने र घर परिवारको सफलतामा बाधक बन्ने वास्तुको मान्यता छ ।

 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ११ : २८ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई