थामी समुदायले यसरी मनाउँछन् माघी « Khabarhub

थामी समुदायले यसरी मनाउँछन् माघी


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

नेपालमा माघे सङ्क्रान्तिलाई भौगोलिक, जातीय र सांस्कृतिक विविधताका कारण भिन्न भिन्न ढङ्गले मनाउने प्रचलन छ । यस पर्वलाई थारु जातिले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर जातिले मुख्य रूपमा धूमधामको साथ मनाउने यो पर्वलाई माघ्या–सेर्ल्हेस पनि भनिन्छ ।

अल्पसंख्यक रहेको थामी समुदायले पनि हर्षोल्लासपूर्वक मनाउने गरेका छन् । थामी समुदायका मानिसहरू आफूलाई प्रकृति पूजक मान्ने गर्छन । थामी जातीको उद्गम थलो दोलखा जिल्लाको राङराङ थाली हो ।

दोलखा जिल्ला घर भई चरिकोट बस्दै आएका विष्णु थामी भन्छन् ’माघे सङ्क्रान्तिका दिन बिहानै उठेर कसैसँग नबोली नुहाउँदा वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता भएकोले सबै भन्दा पहिला नुहाउने गरिन्छ ।’

नुहाई धुवाइ गरेर घरमा बिहानै तरुल, पिँडालु , बन तरुल, घर तरुल, फापरको फुरौला माछा मासु पकाएर त्यो परिकार सबैभन्दा पहिला देवी देवतालाई प्रसादका रूपमा चढाउने उनी बताउँछन् ।

बिहानै ठुलाबडाले चेलीबेटीलाई टिका लगाइ दक्षिणा दिने र बन तरुलको टिका लगाएर मात्र यो पर्वमा पकाएका परिकारहरू खाने गरिन्छ । माघे सङ्क्रान्तिमा नयाँ बालीको न्वागी चामलबाट बनेका परिकारहरू बनाएर खाने प्रचलन छ ।

माघ महिना एउटा ब्रत र श्रद्धाको महिना पनि हो । बिरामी रोगीहरूले यो महिनाभर नुहाउन सक्दैनन् , त्यसको लागि आजको दिन बिहानै नुहाउँदा पनि आफ्ना पाप नष्ट हुने मान्यता रहेको विष्णु बताउँछन् ।

त्यस्तै विवाह गरेर आएपछि माघे सङ्क्रान्तिमा तिहार पछि माइत जान पाइने हुँदा खुसी लाग्ने दोलखा क्षमावती घर भएकी विमला थामी बताउँछिन् । उनी भन्छिन् ’माघे सङ्क्रान्तिमा माइती घरमा गएर मिठो मसिनो खान पाइन्छ । माइतीघरमा धेरै सखरखण्ड, पिँडालु र तरुल पाइन्छ । घरमा धेरै तरुल पाइँदैन । उतैबाट आवश्यक कन्दमूल ल्याउने गरेकी छु ।’

घरमा पनि बिहानै उठेर नुहाएर कपालको पानी नचुहिँदै घरमा पकाएका परिकारहरू चढाएर छोरी चेलीलाई टिका लगाएर तरुल, चाकु खुवाउने गरेको उनको भनाइ छ ।

चरिकोटमा नै बस्ने जंगकुमार थामीका अनुसार माघे सङ्क्रान्तिका दिन नयाँ चामलको पिठो पिसेर त्यसलाई डल्लो बनाएर खाइन्छ । त्यो चामलको डल्लालाई काठमाडौं लगायतका सहरतिर ‘भक्का’ नामले परिचित छ ।

ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्ति देखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर सङ्क्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १ : १५ बजे

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु