‘उपहार’को पोस्टर : चियावाली रेखाको जोडीमा मुकुन  « Khabarhub

‘उपहार’को पोस्टर : चियावाली रेखाको जोडीमा मुकुन 


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकसाथ चलचित्र ‘उपहार’को चार पोस्टर सार्वजनिक भएका छन् । पोस्टरमा रेखा थापा, मुकुन भुषाल, बेनिशा हमाललाई विशेष स्थान दिइएको छ । 

एक पोस्टरमा तीन जोडी देख्न सकिन्छ । रेखा थापाको जोडी नायक मुकुन भुसालसँग जोडिएको छ । अर्को पोस्टरको पृष्ठभूमिका चिया घर देखाइएको छ भने थर्मस भिरेकी रेखा चिवालीको भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ । अभिनेता भुसाल ह्विलचेयरमा देखिएका छन् । 

एक पोस्टरमा वकिलको गेटअपमा देखिएकी नायिका बेनिशा हमाल अर्को पोस्टरमा भने अभिनेता तेज गिरीसँग विवाहको पहिरनमा देखिन्छिन् । 

नव नायक समर्पणजंग कार्कीसँग जोडी बाधिँएकी नायिका पूजा शर्मा भने हसिली देखिन्छिन् । एक पोस्टरमा भने फिल्मका मुख्य कलाकारसहित वरिष्ठ कलाकारहरू राजाराम पौडेल, किरण केसी (राता मकै), निर्मल शर्मा (गैडा)शिशिर राणाले स्थान पाएका छन् ।

पोस्टरबारे अभिनेता भुषाल भन्छन्, ‘पोस्टरले त खासै केही बोलेको छैन । फिल्मबारे थोरै मेसो पाउन टेलर नै कुर्नुपर्छ ।’ 

रेखा फिल्मस् र कपनगढी सिनेमाको संयुक्त ब्यानरमा बनेको यो फिल्म फागुन २५ गते प्रदर्शनमा आउँदै छ । ज्ञानेन्द्र देउजाको निर्देशन रहेको यो फिल्मको निर्माता सुलभप्रतिक देउजा र समीक्षा देउजा हुन् भने कार्यकारी निर्माता बलराम शाही हुन् । 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १ : ०२ बजे

राहुघाट जलविद्युत् आयोजनाको सुरुङका लागि संरचना तयार

म्याग्दी– म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका लागि

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख मात्र

काठमाडौं– आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । पाटी

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप