गाजामा भएको आक्रमणमा ६० भन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

गाजामा भएको आक्रमणमा ६० भन्दा बढीको मृत्यु


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

गाजाहमासद्वारा नियन्त्रित गाजा क्षेत्रमा रहेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा ६० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको सोमबार जनाएको छ ।

गाजा पट्टीमा इजरायली आक्रमण र तोपको बमबारीका कारण दर्जनौं व्यक्ति घाइते भएको हमासको सञ्चार कार्यालयले जनाएको छ । दक्षिणी शहर खान युनिसराफाका साथै गाजा शहर वरपरका क्षेत्रमा आक्रमण भएको सञ्चार माध्यमले जनाएका छन् ।

दुई अस्पताल, छात्रा विद्यालय र दर्जनौं घरलाई निशाना बनाइएको हमासले बताएको छ । अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत संरक्षित अस्पतालहरू युद्ध सुरु भएदेखि नै गाजामा इजरायली आक्रमणबाट बारम्बार प्रभावित हुँदै आएका छन् ।

इजरायली सेनाले हमासले अस्पतालमुनि सुरुङ निर्माण गरेको र त्यसलाई कमान्ड सेन्टरका रूपमा प्रयोग गरेको र आफ्ना गतिविधिलाई ढाकछोप गर्न सर्वसाधारणको भौतिक संरचनाको दोहन गरेको आरोप लगाएको छ । अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमाथि आक्रमण गरेपछि गाजामा युद्ध सुरु भएको थियो । युद्धका कारण इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको एएफपीलाई इजरायलबाट प्राप्त आधिकारिक तथ्याङ्कमा उल्लेख छ । 

लडाकूहरूले लगभग २५० बन्धकहरूलाई पनि कब्जामा लिएकोमा करिब १०० भन्दा बढीलाई मुक्त गरिएको छ भने अझै १३२ जना गाजामा रहेको इजरायलले बताएको छ । बन्धकमध्ये कम्तीमा २५ जना मारिएको विश्वास गरिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले प्रतिशोधस्वरूप हमासलाई ध्वस्त पार्ने प्रतिबद्धता जनाएको छ । हमासको आक्रमणको प्रतिक्रियामा इजरायलले प्यालेस्टिनी क्षेत्रमा शुरु गरेको आक्रमणमा कम्तीमा २३ हजार ९६८ व्यक्तिको ज्यान गएको छ भने इजरायली सैन्य कारबाही निरन्तर चलेको छ । 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १ : १६ बजे

अमेरिका-भियतनाम व्यापार सम्झौताले चीनमा नयाँ अनिश्चितता 

हनोई– संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड

उड्ने हेलिकोप्टर चीनबाट गुडाएर कसले ल्याउँदैछ नेपालमा ?

काठमाडौँ – यतिखेर विद्युतीय सामाजिक सञ्जालमा एउटा तस्बिर ‘भाइरल’ भइरहेको

१५औँ महाधिवेशन ०८२ मंसिर भित्रै सम्पन्न हुनुपर्छ : अर्जुननरसिंह केसी 

काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले पार्टीको १५ औँ महाधिवेशन

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको : अन्तरक्रिया स्वदेश फर्किन आग्रह

मेड्रिड– प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी

अर्जुननरसिंहको गुनासो– पार्टीका गतिविधि नीतिगत सक्रियतात्मकभन्दा प्रतिक्रियात्मक बढी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको गतिविधि नीतिगत