संविधानले दिएको अधिकार महिलाहरूले लिन सकेनन् : उपसभामुख राना « Khabarhub

संविधानले दिएको अधिकार महिलाहरूले लिन सकेनन् : उपसभामुख राना


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले संविधानले दिएको अधिकार महिलाहरूले लिन सक्नुपर्ने  बताएकी छन् ।

सोमबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा नेपाल मगर संघ नगर कमिटीले आयोजना गरेको माघे संकराती विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख मगरले महिलाले नै महिलाको अधिकार लिन नसकेको बताएकी हुन् । 

अहिले संविधानमा ३३ प्रतिशत महिलाको व्यवस्था गरिएको भएपनि सबै महिला रबरस्टाम जस्तै बन्दा आफ्नो अधिकार प्राप्त हुन नसकेको उनले बताइन् ।

उनले अधिकार कसैले पनि ल्याएर नदिने भन्दै आफ्नो अधिकार आफैले लडेर ल्याउँनुपर्नेमा जोड दिइन् । उपसभामुख रानाले संविधानले दिएको हक अधिकार सुनिश्चित गर्न पनि सबै बर्ग सबै समुदाय एक भएर लड्नु पर्ने जिकिर गरिन् । 

उदयपुरमा मगर संघले माघी अर्थात मगर संकरातीको उपलक्ष्यमा हुर्रा नृत्य देखि विविध कार्यक्रमको आयोजना गरेर पर्व मनाएका थिए भने किरात समुदायले शुभकामना आदानप्रदानको कार्यक्रमको आयोजना गरेर यलेसम्वत ५०८४ मनाएका थिए ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ४ : ५९ बजे

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले