आउँदो मार्च १५ सम्म सबै भारतीय सैनिक फिर्ता लैजान मालदिभ्सका राष्ट्रपति मुइज्जुको आग्रह « Khabarhub

आउँदो मार्च १५ सम्म सबै भारतीय सैनिक फिर्ता लैजान मालदिभ्सका राष्ट्रपति मुइज्जुको आग्रह


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माले- माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मुइज्जुले भारतलाई आगामी मार्च १५ सम्ममा आफ्नो देशबाट सबै सैनिक फिर्ता लैजान आग्रह गरेका छन् ।

भारतीय सेना फिर्ता गर्ने विषयमा त्यहाँस्थित परराष्ट्र मन्त्रालयमा भएको पहिलो समूहको बैठकमा उनले यस्तो जानकारी गराएका हुन् ।

भारत र माल्दिभ्सबीच पछिल्लो समय तनाव बढिरहेको बेला राष्ट्रपति मुइज्जुको यो भनाइ आएको हो ।

राष्ट्रपतिका सार्वजनिक नीतिका प्रमुख सचिव अब्दुल्लाह नाजिम इब्राहिमले राष्ट्रपति भवनमा आयोजित पत्रकार सम्मेलनमा मालदिभ्सबाट भारतीय सेना फिर्ता गर्ने विषयमा हालसम्म विभिन्न तहमा ११ वटा बैठक भइसकेको जानकारी दिए ।

बैठकमा माल्दिभ्सका लागि भारतीय उच्चायुक्त मुनु महावर, भारतीय विदेश सचिव र देशका अन्य वरिष्ठ अधिकारी सहभागी रहेका थिए । सो बैठकमा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरुको समेत सहभागिता रहेको द माल्दिभ्स जर्नलले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ७ : ४२ बजे

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी