सुनसहित दुई जना महिला पक्राउ « Khabarhub

सुनसहित दुई जना महिला पक्राउ


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भन्सार छलि अवैध रूपमा लैजान लागेको सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जना महिलालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका-१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका-३ ठेगाना भएकी २६ वर्षीया उर्मिला मगर रहेका छन् ।

हिमालयन एयरलाईन्सको उडानद्वारा दोहाबाट नेपाल आएकी सन्चा कुमारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा भित्री बस्त्रमा सुन जस्तो देखिने पहेलो रंगको धातुको करिब ११.६४ ग्राम तौलको बेरुवा औँठी १ थान र करिब ५८.३२ ग्राम तौलको ब्रासलेट १ थान लुकाई छिपाई भन्सार छली लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट नेपाल आएकी उर्मिलालाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा पाईन्टभित्र लुकाई छिपाई भन्सार छलि लैजान लागेको अवस्थामा करिब ५० ग्राम तौलको सिक्री १ थान र करिब १८ ग्राम तौलको गणेशको मुर्तिको लकेटसहित सिक्री १ थान फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १ : १८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना