प्रेमीसँग भ्यालेन्टाइन मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार, एक जना पक्राउ « Khabarhub

प्रेमीसँग भ्यालेन्टाइन मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार, एक जना पक्राउ


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कार परेको घटना बाहिरिएको छ ।

प्रेमीले ‘सरस्वती पूजा र भ्यालेन्टाइन डे’को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो ।

बालिका बलात्कार आरोपमा  बिहीबार सुखिपुर नगरपालिका-२ का मणिराम यादवको छोरा वर्ष १८ को निकेश कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नलाई अन्यकाे खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

ती बालिकालाई ललाई फकाई साथीको डेरामा लगेर करणी गरेको आरोपमा बिहीबार बिहान घरबाटै निकेशलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजेन्द्र राज पाण्डे जानकारी दिए ।

निकेशले किशोरीलाई लहान १ स्थित अरुण कुमार यादवको डेरामा लगेर बुधबार अपरान्ह ललाई फकाई जबरजस्ती गरणी गरेको र सोही कारण आफू बिरामी भएको आफन्तलाई जानकारी गराउनासाथ परिवारले उजुरी दिएका थिए ।  बालिका रक्ताम्य अवस्थामा डेरामै अचेत देखिएपछि एकजनाले आफन्तलाई खबर गरेका थिए ।

किशोरीको उपचार विराटनगरमा भइरहकको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १ : ४६ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल