लागूऔषध नियन्त्रणमा रंगेली प्रहरीद्वारा ६ महिनामा १३ जनालाई कारबाही « Khabarhub

लागूऔषध नियन्त्रणमा रंगेली प्रहरीद्वारा ६ महिनामा १३ जनालाई कारबाही


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

मोरङ– इलाका प्रहरी कार्यालय रंगेलीले गएको ६ महिनामा १३ जनालाई लागूऔषध मुद्दामा कारबाही गरेको छ ।

प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंका अन्लेसार  भारतीय सीमा क्षेत्रमा पर्ने रंगेली चोप्राह बोर्डर, आमगाछी, धनापट्टी, सिक्टी, बरडंगा, मायागन्ज, नोचा लगायतका बोर्डरबाट ठुलो मात्रामा लागूऔषध ओसार पसार हुने गरेको छ ।

सोही क्रममा गएको ६ महिनामा लागूऔषध ओसार पसारमा संलग्न एक टेम्पो, चारवटा मोटरसाइकल सहित १३ जनालाई पक्राउ गरी मुद्दा चलाइएको चौलागाईले बताए ।

उनीहरूको साथबाट ७ केजी ५०० ग्राम गाँजा, लागूऔषध ट्याबलेट ७ हजार ५३१ पिस, ब्राउन सुगर १ हजार ८५० मिलिग्राम, प्रतिवन्धित सिरप २१ बोतल फेला परेको थियो । सोही अवधीमा ३ जना लागूऔषध प्रयोगकर्तालाई पनि सुधार केन्द्रमा पठाइएको छ ।

लागूऔषधको अवस्था भयावह हुँदै गएपछि प्रहरीले विद्यालयमा जनचेतनामूलक कार्यक्रम समेत गरेको छ । यसअवधिमा १२१ पटक जनचेतनामूलक कार्यक्रम गरिसकेको चौलागाईंले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १ : ५९ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि