पाँच लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी पक्राउ « Khabarhub

पाँच लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी पक्राउ


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई विमानस्थलबाट बुधबार साँझ पक्राउ गरिएको विमानस्थलस्थित सुरक्षा कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा ३१ वर्षीय यसिन अहमद, ४८ वर्षीय मोहम्मद अड्नान लखानी रहेका छन्। फ्लाइ दुबईको जहाजमा दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बरामद रकम नेपालमा ९५ लाख ४३ हजार ३ सय ८४ नेपाली रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  २ : ११ बजे

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज– वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल