शीर्षक्रमका ब्याट्सम्यान नचल्दा नेपालको हार « Khabarhub

शीर्षक्रमका ब्याट्सम्यान नचल्दा नेपालको हार


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नामिबियासँगको हारपछि नेपालका कप्तान रोहितकुमार पौडेलले शीर्षक्रमका ब्याट्सम्यानले जिम्मेवारी लिन नसकेको बताएका छन् ।

आइसिसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा आज नामिबियासँग ४ विकेटले हारेपनि कप्तान पौडेलले यस्तो बताएका हुन् । खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान पौडेलले खेलमा सुरुको ४५ मिनेट महत्वपूर्ण हुने बताए ।

नेपालका ओपनर कुशल भुर्तेल इनिङकै पहिलो बलमा डक आउट भएका थिए । नेपालको सुरु राम्रो नभए पनि पछिल्लो क्रमले इनिङ्सलाई सम्हाल्नुपर्नेमा त्यसो हुन नसकेको कप्तान पौडेलले तर्क गरे । नेपालका कुनै पनि ब्याट्सम्यानले जिम्मेवार ब्याटिङ नगर्दा ४१.१ ओभरमा १३२ रन बनाउँदा अल आउट भएको थियो ।

नेपालका प्रशिक्षक मोन्टी देशाईंले नेदरल्याण्ड्सविरुद्ध खेल्दा आज भएका कमजोरी सुधार गरेर आउने बताए । आज टप अर्डरका ४-५ ब्याट्सम्यानले लिम्मेवारी नलिदा कम स्कोर भएको उनको भनाई थियो । २३० देखि २४० सम्म स्कोर बनाउन सकेको भए नतिजा पक्षमा ल्याउन सकिने उनले बताए ।

कुशल मल्ल र भीम सार्कीले पाँचौं विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । प्रशिक्षक मोन्टी देशाईका अनुसार यो साझेदारी केही ठूला हुनुका साथै अर्को एउटा राम्रो साझेदारी भएको भए खेलको अवस्था फरक पर्ने बताए ।

आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा नामिबियासँग हार्‍यो नेपाल

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ५ : २३ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज