धनगढीका सडकको स्तरोन्नति अन्तिम चरणमा | Khabarhub Khabarhub

धनगढीका सडकको स्तरोन्नति अन्तिम चरणमा


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

गोदावरी– एसियाली विकास बैंकको सहयोगमा धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । 

उपमहानगरपालिका क्षेत्रभित्र सघन सहरी र क्षेत्रीय सहरी विकास आयोजनाले कार्यान्वयनमा ल्याएको ढल लगायत भौतिक पूर्वाधार निर्माण एवं सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको हो ।

 सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीका अनुसार धनगढीमा पहिलो चरणमा निर्माणका लागि सम्झौता भएका सडकमा प्रहरी गुल्मदेखि चर्चसम्मको दुई किलोमिटर सात मिटर, धनगढी मेनरोड (ट्राफिक चौराहदेखि कैलाली नाला) सम्म एक किलोमिटर ३८ मिटर र चटकपुरदेखि कैलाली बहुमुखी क्याम्पस गेटसम्म तीन किलोमिटर ६५ मिटर रहेका छन् ।

त्यस्तै, धनगढी–क्याम्पसगेट–जोखरताल सडक ७० मिटर, डिभोटी–जाई, हसनपुर रोड एक किलोमिटर १५ मिटर र मालपोत रोड ४३ मिटर रहेका छन् । एसियाली विकास बैंक (एडीबी) ले धनगढी उपमहानगरपालिकाका लागि सन् २०१५ मा छुट्टयाइएको रु एक अर्ब ३५ करोड बजेटबाट १० दशमलव २५ किलोमिटर सडक मात्रै निर्माण गर्न सकिने भएकाले दुई चरणमा सडक स्तरोन्नतिको काम भइरहेको आयोजनाका सूचना अधिकारी शौरभ कलौनीले बताए। 

उनका अनुसार १० दशमलव ८ किलोमिटर सडक स्तरोन्नतिका लागि १२ जुलाई सन् २०२० मा ३१ मार्च २०२४ मा सम्पन्न गर्ने गरी कालिका कन्ट्रक्सनसँग रु ७६ करोड ९० लाख ६७ हजारमा सम्झौता भएको हो । स्तरोन्नति भइरहेका सडकको भौतिक प्रगति ८५ देखि ९० प्रतिशत रहेको कलौनीले जानकारी दिए । पहिलो चरणमा निर्माणाधीन अधिकांश सडकको काम सम्पन्न भइसकेको छ भने केही निर्माणाधीन सडकको काम अन्तिम चरणमा रहेको उनको भनाइ छ ।

धनगढी चौराहा–कैलालीपुल, हुलाकी सडकदेखि जाखोर ताल, चटकपुर रोडदेखि क्याम्पस गेट र डिभोटी–पिपल चौतारा–जाई सडकमा साइकल पथको पनि व्यवस्था गरिएको जनाइएको छ । साइकल पथको चौडाइ एक दशमलव पाँच मिटर रहको छ भने नालीको चौडाइ एक दशमलव दुईदेखि दुई मिटर रहकको जनाइएको छ ।

क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत सौर्यबत्ती, फुटपाथ, ढल निकास, मिड ड्रेन, साइड ड्रेन, डिभाइडर, सोलार सडक बत्ती, अन्डरग्राउण्ड विद्युतीकरण निर्माणसहितको चार लेन र दुई लेनका सडक निर्माण डिपिएका गर्ने उल्लेख गरिएको आयोजना कार्यालयले जनाएको छ । 

यसैगरी उपमहानगरसँग सीमा जोडिएको कैलालीको गोदावरी नगरपालिकामा पनि कार्यान्वयनमा रहेका गेटा अस्पताल–जोनापुर, गेटा–लालपुर, हरैया–चौराही, लालपुर– गौठी, कत्था फ्याक्ट्री–जोनापुर, चौकीडाँडा–चाक्ले खोलालगायत सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

गोदावरीमा निर्माणाधीन सडकको भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ७२ प्रतिशत रहेको सूचना अधिकारी कलौनीले बताए। गोदावरीमा कालिका कन्ट्रक्सनसँग रु ५४ करोड ४३ लाख ९७ हजारमा सम्झौता भएको जनाइएको छ । 

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ११ : ४८ बजे

नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकता : एआईजी कार्की

काठमाडौं– काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका

विपिनको शव लिन विमानस्थलमै पुगे राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु

काठमाडौं– इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

गाईघाट– उदयपुरको कटारी नगरपालिका–४ स्थित मदनभण्डारीमार्गको ककरु खेलामा मोटरसाइकल दुर्घटनामा

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा

चीनको कम्युनिष्ट पार्टीको उच्चस्तरीय आर्थिक बैठक सुरु

बेइजिङ- जनवादी गणतन्त्र चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीले दीर्घकालीन आर्थिक