आजका २५ खबर : रवि विरुद्ध नाराबाजीदेखि भीआइपीका छोराको धरपकडसम्म | Khabarhub Khabarhub

आजका २५ खबर : रवि विरुद्ध नाराबाजीदेखि भीआइपीका छोराको धरपकडसम्म


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

पाठकवृन्द ! आज देशमा यतिधेरै घटनाक्रम देखिए पनि सुन तस्करीको आरोपमा भीभीआइपीका छोरा र सल्लाहकार पक्राउ पर्नेदेखि लिएर गृहमन्त्रीको राजीनामा माग्ने र संसदमा चर्काचर्कीका घटनासम्म भए । आजै सरकारले सीआइबीमा हेरफेर गर्‍यो ।

एकातिर लघुवित्त पीडितसँग वार्ता चलिरहँदा संसदमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक नै प्रस्तुत गर्न पाएनन् ।

कांग्रेसले आज गृहमन्त्रीको राजीनामा मागेर संसद ततायो । आजै लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भयो ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परे । आजै रौतहटमा मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार भयो  भने बिराटनगरमा एकजना स्टाफ नर्स मृत भेटिइन् ।

आजका मुख्य घटनाक्रमहरु यस्ता रहे-

कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । आज प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले विवादित व्यक्ति लामिछाने गृहमन्त्री बनेको भन्दै नैतिकताका आधारमा राजीनामा दिन माग गरेका हुन्।

विद्यमान समस्या समाधान गर्ने बजेट विनियोजन हुनुपर्नेमा जोड

राष्ट्रियसभाको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको सो विधेयकलाई सभाको सर्वसहमतिले स्वीकृत गरेको हो ।

विधेयकमाथि उठेको प्रश्नको जवाफमा अर्थमन्त्री पुनले विश्वव्यापीकरण, सूचना प्रविधिले पारेको प्रभाव तथा प्रवृत्तिलाई उपयोग गर्ने हिसाबले विधेयक प्रस्तुत गरिएको हो । कारोबारलाई सुरक्षित एवम् थप पारदर्शी बनाउने उद्देश्य राखिएको बताए ।

लघुवित्तपीडित र सरकारबीच ६ बुँदे सहमति

लघुवित्तपीडित संघर्ष समिति र सरकारबीच शुक्रबार ६ बुँदे सहमति भएको छ ।

अर्थ मन्त्रालयमा भएको उक्त सहमतिसँगै संघर्ष समितिको तर्फबाट आजैदेखि आन्दोलनका कार्यक्रम समेत स्थगित गरिएको छ ।

दुग्ध किसानले पाउनुपर्ने रकम तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन

अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज राजस्व सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

उक्त निर्देशन दिनुअघि अर्थमन्त्री पुनले कृषि मन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा गोविन्प्रसाद शर्मा र पशुपक्षी विकास सचिव डा रेवतीरमण पौडेलसँग छलफल गरेका थिए ।

पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ, सांसदले खोजे सम्पत्तिको स्रोत

सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।

शुक्रबार साँझ प्रहरीले उनलाई धापासीबाट पक्राउ गरेकाे गृहमन्त्री रवि लामिछाने निकट श्राेतले खबरहबलाई जानकारी दिएकाे छ।

मुख्यमन्त्री कार्कीले राजीनामा नदिए बर्खास्त गर्ने एमालेको चेतावनी

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिए बर्खास्त गर्ने नेकपा एमाले संसदीय दलले चेतावनी दिएकाे छ। कांग्रेस नेता कार्की एमालेकै समर्थनमा मुख्मन्त्री बनेका हुन् ।

एमाले काेशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको दाबी गर्दै तत्काल पदबाट राजीनामा दिएर प्रदेशलाई निकास दिनुपर्ने बताए ।

माओवादीले पार्टी विधानलाई पूर्णता दिने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी विधानलाई सम्पादनसहित पूर्णता दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकले आवश्यक सम्पादनसहित विधानलाई पूर्णता दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

राष्ट्रिय हितका लागि कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हित र जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताएका छन् ।

पार्टीनिकट महिला सङ्घद्वारा आज आयोजित भेलामा उनले कम्युनिष्ट विचार बोकेका सबै दल मिलाउने पक्षमा आफ्नो पार्टी रहेको बताउँदै त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यव्यवस्था परामर्श समिति सदस्यमा सुनिता बराल मनोनीत

प्रनिनिधिसभालाई नेकपा एमालेकी सचेतक सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएको जानकारी गराइएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति सदस्यमा बराल मनोनीत भएको जानकारी गराएका हुन् ।

रौतहटमा मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार, तीन जना पक्राउ

रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ । राैतहटकाे परोहा नगरपालिका–९ रामपुरखाप स्थित मनि ट्रान्सफरमा शुक्रबार दिउँसाे १ बजे लुटेराहरुले गोली हानेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठका अनुसार गाेली लागि घाइते भएका साहलाई उपचारका लागि वीरगञ्ज पठाइएकाे छ । उनले खबरहबसँग भने ‘उहाँकाे अवस्था चिन्ताजनक छ । कन्चटमा गाेली लागेकाे छ ।’

मृत भेटिएकी नर्सको शरीरभर धारिलो हतियारको चोट

विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिका कुमारी दासको शौचालयमा शव फेला परेको छ।

धारिलो हतियार प्रहार गरेर हत्या भएको र उनको शव शौचालयमा फालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

एमाले अध्यक्ष ओली र अभिनेता हमालबीच सिनेमा संवाद

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ)को सातौँ संस्करणमा आयोजित सिनेमा संवाद कार्यक्रमकाे अन्तरक्रिया सुरु भएको छ ।

राष्ट्रिय सभागृहमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा शुक्रबार भइरहेको निफको सातौँ संस्करणमा पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद भइरहेको छ ।

अन्तर्राष्ट्रिय…

टर्कीमा पाँच बालबालिकासहित २१ आप्रवासीको मृत्यु

र्कीको सामुद्रिक तटमा एउटा डुङ्गा डुब्दा पाँच बालबालिकासहित २१ आप्रवासीको मृत्यु भएको स्थानीय अधिकारीहरूले शुक्रबार बताएका छन् । पीडितहरूको राष्ट्रियता अहिलेसम्म खुल्न सकेको छैन ।

दुई जनालाई टर्कीएका तटरक्षकहरूले उद्धार गरेको र अर्का दुईलाई आफैँ पानीबाट बाहिर निकाल्न सफल भएको अधिकारीहरूले बताएका छन् । ग्रिसको लोम्नोस टापुनजिकैको उत्तरपश्चिमी प्रान्त क्यानाकलको टर्कीएको सबैभन्दा ठूलो टापू गोकसेडा वा इम्ब्रोसस्थित एजियन सागरको तटमा डुङ्गा डुबेको थियो ।

इटालीले लगायो टिकटकलाई ११ मिलियन डलर जरिवाना

इटालीले नाबालिगको सुरक्षा गर्न असफल भएको भन्दै टिकटकलाई ११ मिलियन अमेरिकन डलर जरिवाना गरेको छ ।

इटाली कम्पिटसन प्राधिकरणले टिकटकलाई नाबालिग र अन्य कमजोर व्यक्तिहरूको सुरक्षालाई खतरामा पार्ने सामग्रीको फैलावट नियन्त्रण गर्न असफल भएकोमा भन्दै ११ मिलियन जरिवाना गराएको हो ।

खेलकुद…

नेपाली महिला फुटबल टिमको फिफा वरीयतामा पाँच स्थान सुधार

नेपाली महिला फुटबल टिमले फिफाको वरीयतामा पाँच स्थानको सुधार गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले पाँच स्थानको सुधार गर्दै १०० स्थानमा उक्लिएको हो ।

यसअघि नेपाली महिला टिम फिफा वरीयतामा १०५औ स्थानमा रहेको थियो । नेपालको फिफा वरीयतामा अहिलेसम्मको सबै भन्दा राम्रो वरियता २०१७ मा ९१औ स्थानसम्म रहेको थियो । त्यस्तै अहिलेसम्मको सबै भन्दा खराब वरियता भने २०१५ मा ११९औं स्थानसम्म झरेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ८ : १३ बजे

अर्धशतकबाट चुके सन्दीप, ४९ रनमा आउट

काठमाडौं । आईसीसी विश्वकप लिग– २ अन्तर्गत क्यानडाविरुद्धको खेलमा सन्दीप

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा

प्रधानमन्त्रीलाई रविले आग्रह : न्युयोर्कबाट फर्कनुस्, बसेर कुरा गरौं, म रुम मिलाउँछु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको

नेपालको ब्याटिङ संकटमा, १०० रन नबनाउँदै गुमायो ७ विकेट

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

बारा – बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको