टर्कीमा पाँच बालबालिकासहित २१ आप्रवासीको मृत्यु | Khabarhub Khabarhub

टर्कीमा पाँच बालबालिकासहित २१ आप्रवासीको मृत्यु


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल – टर्कीको सामुद्रिक तटमा एउटा डुङ्गा डुब्दा पाँच बालबालिकासहित २१ आप्रवासीको मृत्यु भएको स्थानीय अधिकारीहरूले शुक्रबार बताएका छन् । पीडितहरूको राष्ट्रियता अहिलेसम्म खुल्न सकेको छैन ।

दुई जनालाई टर्कीएका तटरक्षकहरूले उद्धार गरेको र अर्का दुईलाई आफैँ पानीबाट बाहिर निकाल्न सफल भएको अधिकारीहरूले बताएका छन् । ग्रिसको लोम्नोस टापुनजिकैको उत्तरपश्चिमी प्रान्त क्यानाकलको टर्कीएको सबैभन्दा ठूलो टापू गोकसेडा वा इम्ब्रोसस्थित एजियन सागरको तटमा डुङ्गा डुबेको थियो ।

“सुरक्षा दलले पाँच बालबालिकासहित २१ जनाको शव फेला पारेको छ”, स्थानीय गभर्नरको कार्यालयले विज्ञप्तिमा भनेको छ । एउटा विमान, दुईवटा हेलिकप्टर, एउटा ड्रोन, १८ वटा डुङ्गा र पाँच सय दुई कर्मचारी खोजी तथा उद्धार अभियानमा सहभागी भएको विज्ञप्तिमा उल्लेख छ ।

टर्कीमा अधिकांश सिरियालीसहित करिब ४० लाख शरणार्थी रहेका छन् । समृद्ध युरोपेली सङ्घ (इयु) का मुलुकहरूतिर जान धेरै आप्रवासी टर्कीको पश्चिमी तटबाट ग्रिक टापु पुग्ने प्रयास गर्छन् । यीमध्ये धेरैजसो खतरनाक समुद्र पार गर्दा मर्ने गर्छन् ।

स्थानीय अधिकारीहरूका अनुसार रातभरमा डुङ्गा डुब्न थालेपछि शुक्रबार धेरै एम्बुलेन्स गोकसेडा नजिकैको कबातेपमा तैनाथ थिए । हालैका साताहरूमा टर्की र ग्रिसबीचको जल क्षेत्रमा आप्रवासीहरूको गतिविधि बढेका छन् । साताको प्रारम्भमा ग्रिस पार गर्ने प्रयास गरिरहेका बालबालिकासहित सयौँ आप्रवासीलाई बचाएको टर्कीका तटरक्षकहरूले बताएका छन् ।

धेरै वर्षदेखि भूमध्य सागर अफ्रिका र मध्यपूर्वबाट युरोपतिर आउने आप्रवासी प्रवाहको केन्द्र बनेको छ । सिरियाली गृहयुद्धबाट भागेका धेरै आप्रवासीले युरोपमा शरण लिन खोज्दा सन् २०१५ मा तीव्र आप्रवासी सङ्कट चरम अवस्थामा पुगेको थियो । टर्कीले आर्थिक सहायता र अन्य प्रोत्साहनको बदलामा इयुसम्म पुग्ने प्रयास गरिरहेका शरणार्थीको आगमनलाई रोक्नका लागि सन् २०१६ मा इयुसँग सम्झौता गरेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ७ : ३५ बजे

अमेरिकामा देवी प्रतिभाको कथा वाचन 

काठमाडौं– अमेरिकामा १४ राज्यमा देवी प्रतिभाको कथा गुञ्जने भएको छ

तत्कालीन नेकपा विभाजनको घाउमा मलम लागे जस्तो भयो : भीम रावल

काठमाडौं– मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा. भीम रावलले नेपाली

एमालेको ‘घर फर्क अभियान’लाई नेकपाले दियो नौटंकीको संज्ञा

काठमाडौं- नवगठित नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमालेले थालेको ‘घर फर्क

२० अंकले घट्यो नेप्से, १९८ कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.५६ अंकले घटेको छ

भीम रावलसँगै एमाले केन्द्रीय सदस्य प्रकाश शाह पनि नेकपामा प्रवेश गरे

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाशबहादुर शाह पनि नेपाली कम्युनिस्ट