नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित « Khabarhub

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित बनेको छ ।

ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल वर्षाले समयमा हुन सकेको छैन । हाल वर्षा रोकिएको र खेल निर्धारित ११ : ४५ बजे भन्दा करिब एक घण्टा ढिला शुरु हुने बताइएको छ ।

समुह ए मा रहेको नेपालले यस अघिका दुवै खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । नेपालले यस अघि मलेसिया र कतारलाई पराजित गरेको थियो । त्यस्तै हङकङले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ । 

हङकङले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग हार बेहोरेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १२ : १२ बजे

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा मतदान अधिकार माग्दै कुलमानले बुझाए आयोगमा ज्ञापनपत्र

काठमाडौं– उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर