विपद्जन्य घटनामा ४९३ जनाको मृत्यु « Khabarhub

विपद्जन्य घटनामा ४९३ जनाको मृत्यु


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०८० सालमा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय १६ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेका अनुसार कूल ६ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार सात सय १६ परिवार प्राभावित भएका थिए । विपद्जन्य घटनाका कारण कूल रु पाँच अर्ब ४२ करोड ५६ लाखको क्षति भएको छ ।

गत वर्ष पहिरो, बाढी, डुङ्गा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृति विपद्, हुरीबतास, भूकम्प, फ्लु, जनावर आक्रमण, हिमपहिरो, डढेलो, हिमपात लगायतका घटना भएका थिए ।

गत वर्ष कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा बढी एक सय ५५ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि धेरै क्षति आगलागीका कारण भएको सहसचिव पाण्डेले बताए ।

मुलुकभर २०८० मा वैशाख १ देखि चैत ३० गतेसम्म आगलागीका चार हजार ६१ घटना भएका थिए । त्यसमा परेर एक सय ६ जनाको मृत्यु भएको थियो पाँच सय ६ जना घाइते भएका थिए । कूल पाँच हजार एक सय ३० परिवार प्रभावित भएका थिए । आगलागीबाट दुई अर्ब ५२ करोडभन्दा बढीको क्षति भएको थियो ।

यसैगरी गत वर्ष दुई सय ५० वटा चट्याङका घटना भएका थिए । त्यसमा परेर ४६ जनाको मृत्यु भएको थियो भने दुई सय २८ जना घाइते भएका थिए । जनावरको आक्रमणबाट ४५ जनाको मृत्यु तथा दुई सय ७८ जना घाइते भएका सहसचिव पाण्डेले जानकारी दिए ।

गत वर्ष उच्च उचाइका कारण १५, पहिरोमा परेर ५०, बाढीबाट १८, सर्पदंशबाट २०, हिमपहिरोबाट १२ र  वन डढेलोबाट ११ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १२ : १६ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक