सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बन्छ, केन्द्रमा जे पनि हुन सक्छ : राजेन्द्र पाण्डे | Khabarhub Khabarhub

सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बन्छ, केन्द्रमा जे पनि हुन सक्छ : राजेन्द्र पाण्डे


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले सरकार छाड्ने संकेत देखाएको छ । पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सहमति अनुसार गठबन्धनमा रहेका दलले पार्टीलाई जिम्मेवारी नदिएपछि जे पनि हुनसक्ने अवस्था भएको बताए । 

पाण्डेले सोमबार खबरहबसँग कुरा गर्दै भने ‘हामीलाई दिएको जिम्मेवारी अनुसार सरकार अगाडि नबढेपछि साथीहरूले नयाँ बाटो रोजेका छन् । कुरा स्पष्ट छ । सुदूरपश्चिमको मुख्यमन्त्री हामीलाई दिने सहमति भएको थियो । त्यहाँबाट सरकार पछि हटेको छ । यस्तो भएपछि के सहयात्रा होला र ?’ 

सत्ता गठबन्धनले सुदूरपश्चिममा आफ्नो भागमा परेको मुख्यमन्त्री  नाउपालाई दिने भएपछि समाजवादी आफ्नो बाटो लागेको उनले स्पष्ट पारे । 

उनले भने, ‘केन्द्रमा दुई वटा मन्त्री देऊ अनि हामी बाकी कुरामा चुप बस्छौँ भनेर हस्ताक्षर गरेको थियो र ? भाग अनुसार त पाउँनुपर्यो नि । सूदुरपच्चिममा कांग्रेससँग मिलेर नै सरकार बन्छ । अरू विकल्प छैन ।’ 

यसैबीच सुदूरपश्चिममा कांग्रेसका रेशम चौधरी पक्षका नेता लक्ष्मणकिशोर चौधरीलाई नेपाली कांग्रेस र समाजवादीले सहयोग गरेका छन् । 

उनलाई नेपाली कांग्रेसका १८, नाउपा रेशम पक्षका ५ र एकीकृत समाजवादीका ४ सांसदको साथ रहेको छ । 

यसो हुँदा उनको पक्षमा २७ सांसदले मतदान गर्ने देखिन्छ । प्रत्यक्षतर्फ एक स्वतन्त्र निर्वाचित सांसदले भने कसलाई सहयोग गर्ने खुलेको छैन । यस्ते राप्रपाका एक संसद्को मत पनि लक्ष्मणकिशोरको पक्षमा आउने देखिन्छ । 

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि बहुमतका लागि २६ सदस्यको समर्थन आवश्यक पर्छ । यसरी हेर्दा रेशम पक्षका नेता लक्ष्मणकिशोर बलियो देखिन्छन् । यता कैलाश चौधरीको पक्षमा २१ मत छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ५ : ११ बजे

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर

संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटन हुन

प्रतिनिधि सभा चुनाव फागुनभित्रै

काठमाडौँ – विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको

सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति