सहकारी ठगीविरुद्ध तरुण दलले आज प्रदर्शन गर्ने « Khabarhub

सहकारी ठगीविरुद्ध तरुण दलले आज प्रदर्शन गर्ने


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय समिति माग गर्दै आएको नेपाली कांग्रेसका भ्रातृसंगठनहरु सडक आन्दोलनमा उत्रिएका छन् ।

कांग्रेसले संसदभित्र आन्दोलन गरिरहेका बेला भ्रातृसंगठनहरु हिजोदेखि सहकारीपीडितहरूको पक्षमा सडकमा उत्रिएका छन् ।

कांग्रेसका भ्रातृ संगठन नेपाल महिला संघले हिजो काठमाडौँमा प्रदर्शन गरेको थियो भने आज नेपाल तरुण दलले सहकारी पीडितको पक्षमा वृहत विरोध ¥याली निकाल्ने भएको छ ।

तरुण दलले सहकारी पीडितहरुको पक्ष र सहकारी ठगको विरुद्ध आज मध्याह्न १२ बजे माइतीघरदेखि नयाँबानेश्वरसम्म वृहत विरोध ¥याली गर्न लागेको हो ।

सहकारीका बचतकर्ताको बचत फिर्ता गराउन, सहकारी समस्यालाई दिगो रुपमा समाधान गर्न, सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानबिनको दायरामा ल्याइ कानुनी कारबाही गर्न सरकारलाई दबाब दिन विरोध र्‍याली आयोजना गरिएको तरुण दलका अध्यक्ष विद्धान गुरुङले जानकारी दिए ।

उनले उपत्यकामा उपलब्ध केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको अनौपचारिक बैठकबाट विरोध प्रदर्शन गर्ने निर्णय गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ७ : २८ बजे

‘हे भगवान् ! अब उप्रान्त मेरो देशमा कहिल्यै यस्तो नहोस्’

काठमाडौं- नेकपा एमालेसँग सम्बन्ध रहेकै आधारमा गत भदौ २४ गते

चितवनका दुवै ओपनर सुदूरपश्चिमका कप्तान दीपेन्द्रको शिकार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

बैंकिङ अपराधमा सीआईबीको सक्रियता, किन कमजोर बन्यो राष्ट्र बैंक ?

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रभुख बैंकमा छिरेपछि

सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ चल्दा चितवनले पायो १७० रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको