भोलक्यानोजमाथि नेपाल ४ विकेटले विजयी : कुशल र दीपेन्द्रको अर्धशतक « Khabarhub

भोलक्यानोजमाथि नेपाल ४ विकेटले विजयी : कुशल र दीपेन्द्रको अर्धशतक


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास खेलमा नेपालको राष्ट्रिय क्रिकेट टिमले विनवाड्र्स भोलक्यानोजमाथि चार विकेटको जित निकालेको छ।

मंगलबार राति भएको खेलमा नेपालविरुद्ध पहिलो ब्याटिङ गरेको भेलक्यानोजले ८ विकेटको क्षतिमा १९६ रन बनाएको थियो। भोलक्यानोजलाई सस्तैमा समेट्न नेपालका कप्तान रोहित पौडेलले तीन विकेट हात पारेका थिए।

१९७ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए। भुर्तेलले आक्रामक ओपनिङ गर्दै ४२ बलमा ७१ रन बनाएका थिए भने आक्रामक फिनिसिङ गर्दै दीपेन्द्रले २५ बलमा नटआउट ५२ रन बनाए। १९७ रनको लक्ष्य नेपालले १९.३ बलमा ६ विकेट गुमाउँदै भेट्टाएको हो।

नेपाललाई अन्तिम २ ओभरमा जितका लागि ३८ रन आवश्यक थियो। दीपेन्द्रले १९ औं ओभरमा चार छक्का प्रहार गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए। उक्त ओभरमा नेपालले २६ रन बनाएको थियो।

अन्तिम ओभरमा सोमपाल कामीले १२ रन जोड्दै नेपाललाई जित दिलाएका हुन। सोमपालले नटआउट ३५ रन बनाए।

भोलक्यानोजसँग नेपालले थप दुई वटा अभ्यास खेल खेल्दैछ। विश्वकप अगाडिको यो अभ्यास खेललाई महत्त्वका साथ हेरिएको छ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ८ : ३१ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ