बंक-नाइल सडकसँगै पुल निर्माण पनि सुस्त « Khabarhub

बंक-नाइल सडकसँगै पुल निर्माण पनि सुस्त


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजनामा पर्ने कञ्चनपुरको बंक–नाइल–बुडर सडकखण्डमा निर्माणले गति लिन सकेको छैन ।

सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईसँग जोड्ने उद्देश्यले निर्माण थालिएको उक्त खण्डका लागि बर्सेनि बजेट आउने गरे पनि निर्माण कम्पनीको लापरबाहीका कारण कार्यप्रगतिमा ढिलाइ हुँदै गएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंकबाट सात किलोमिटर सडक कालोपत्रका लागि विसं २०७७ साउनमा सम्झौता भए पनि अझै काम सुरुआतसम्म हुन सकेको छैन । सात किमीको पहिलो खण्डमा ट्रयाक खोल्नाका साथै सडकमा अन्य संरचना निर्माण भए पनि कालोपत्र गर्ने विषय अझै अन्यौल बनेको छ ।

महेन्द्रनगरस्थित पूर्वाधार विकास कार्यालयका इन्जिनियर हेमराज भट्टले बंकबाट पहरियासम्म करिब ३५ प्रतिशत भौतिक प्रगति भएको बताए। उक्त खण्डमा निर्माणका लागि गत आर्थिक वर्षमा रु ७५ लाख प्रदेश सरकारले विनियोजन गरेको थियो । आठ करोड २८ लाख ५६ हजारको लागतमा सन्तोषी–थेगिम जेभीले उक्त सडक निर्माणको जिम्मा पाएको थियो ।

केही वर्षअघि नाइल (कञ्चनपुर–डोटी सिमाना) ट्र्याक भने खोलिसकेको इन्जिनियर भट्टले जानकारी दिए । सडक निर्माण समयमा पूरा गर्नुपर्ने भन्दै कृष्णपुरवासीले आन्दोलन गर्दै आएका छन् ।

कृष्णपुर नगरपालिका–२ बाणीका स्थानीय सुरेन्द्र बमले बंक–नाइल–बुडर सडक अलपत्र पारिएको आरोप लगाए।  बंकबाट नाइलसम्म २१ किमीअन्तर्गत पहिलो प्याकेजमा सात किमीको कालोपत्र गर्ने ठेक्काबाहेक अरू अलपत्र पारिएको उनको भनाइ छ ।

पहाडी जिल्ला जोड्ने छोटो दूरीको नाइल सडक निर्माणमा बेवास्ता हुँदै आएको कृष्णपुर–२ का वडाध्यक्ष अर्जुन साउँदले बताए।  उक्त खण्डमा पर्ने ओदाल खोलामा ६५ मिटर लम्बाइको पक्की पुल बनाउने ठेक्का भएको पनि छ वर्ष भइसकेको उनले जानकारी दिए।

निर्माण कम्पनीको लापरबाहीले पुल निर्माण लामो समयसम्म अलपत्र परेको थियो । हाल उक्त पुल निर्माण भइरहेको वडाध्यक्ष साउँदले जानकारी दिए। विसं २०७४ मा थेगिम–जाल्भा जेभीसित पाँच करोड ४७ लाखमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकृत इन्जिनियर तारानाथ सिग्देलले जानकारी दिए।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ४ : १४ बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।