चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना | Khabarhub Khabarhub

चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी र मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारयणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका केही स्थानहरुका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेश प्रदेश लगायत बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज बिहान सूर्योदय ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर १ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : १९ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना