विकासशील भूपरिवेष्ठित मुलुकको दिगो विकासमा सहयोग गर्न भारत प्रतिबद्ध « Khabarhub

विकासशील भूपरिवेष्ठित मुलुकको दिगो विकासमा सहयोग गर्न भारत प्रतिबद्ध


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले विकासशील भूपरिवेष्ठित मुलुकको दिगो विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ । 

संयुक्त राष्ट्रसघमा आयोजित सम्मेलनमा बोल्दै राष्ट्रसंघको लागि भारतीय सहायक स्थायी प्रतिनिधि योजना पटेलले विकासशील भूपरिवेष्ठित मुलुकको दिगो विकासमा सहयोग गर्न आफ्नो मुलुक प्रतिबद्ध रहेको बताएकी हुन् ।

उनले पारवहनका लागि भारतमा निर्भर रहेका भूपरिवेष्ठित मुलुकहरू भुटान र नेपाललाई सहयोग गर्न आर्थिक सहकार्य र पारवहन कनेक्टिभिटीलाई थप मजबुत बनाउने समेत उल्लेख गरिन् । 

भारतले पारस्परिक विकासका लागि थालिएको ‘बंगलादेश, भुटान, भारत नेपाल (बीबीआईएन)’ पहलअन्तर्गत यसमा आबद्ध मुलुकहरूलाई विश्वव्यापी आपूर्ति शृङ्खलामा थप पहुँच दिलाउन पनि भारत तत्पर रहेको उनको भनाइ छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले विकासशील भूपरिवेष्ठित मुलुकहरूको आगामी सम्मेलनका लागि भारतले ३ लाख डलर सहयोग गर्ने पनि घोषणा गरेकी छन् ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ५ : ३३ बजे

खामेनीको हत्याले विश्वलाई जंगल राजतिर धकेल्छ : चीन

काठमाडौं- चीनले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्यालाई जंगल

बालेनमाथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

स्वास्थ्यमन्त्री र माल्दिभ्सका लागि गैर–आवासीय राजदूतबीच भेटवार्ता, के-के भयो छलफल ?

काठमाडौंं– स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतम र माल्दिभ्सका लागि

इरानमाथि भएको आक्रमणबारे उत्तर कोरियाले के भन्यो ?

काठमाडौं- उत्तर कोरियाले इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणलाई अवैध

आयातोल्लाह अली खामेनीको क्रूर हत्या गरियो : पुटिन

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानी सर्वोच्च नेता आयातोल्लाह अली