‘अपरेसन के’मार्फत पश्चिमा देशमा भारत बिरोधी अभियान चलेको खुलासा « Khabarhub

‘अपरेसन के’मार्फत पश्चिमा देशमा भारत बिरोधी अभियान चलेको खुलासा


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भारत । पश्चिमा मुलुकमा भारतविरोधी प्रदर्शन गराउने योजनाको खुलासा भएको छ । पश्चिमा मुलुकमा चीनले खलिस्तानको समर्थनमा भारतविरोधी प्रदर्शनहरुको आह्वान गर्न भूमिका खेल्ने गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार चीनले पश्चिमा मुलुकमा ‘अपरेशन के’ नामक भारतविरोधी अभियान सञ्चालन गर्दै आएको छ । हालैमात्र क्यानाडामा हरदिप सिंह निज्जर मारिएको घटनालाई उचालेर चीनले अस्ट्रेलिया, न्युजिल्याण्ड, बेलायत, अमेरिकाजस्ता मुलुकमा खलिस्तानको समर्थनमा प्रदर्शनको आह्वान गर्दै आएको बताइएको छ ।

त्यसबाहेक चिनियाँ प्रयोगकर्ताहरुले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपजस्ता सामाजिक सञ्जालमा शिख समुदायका व्यक्तिहरुको नक्कली आईडी बनाएर अनलाइन दुष्प्रचारसमेत गर्दै आएको पाइएको छ ।

फेसबुकको माउ कम्पनी मेटाले अस्ट्रेलिया, भारत, क्यानाडा, बेलायतजस्ता मुलुकमा बसोबास गर्ने शिख समुदायका व्यक्तिहरुलाई लक्षित गरी चिनियाँ प्रयोगकर्ताहरुले नक्कली आईडी बनाउने गरेको उल्लेख गरेको छ । मेटाले त्यस्ता गतिविधि गर्ने ३७ फेसबुक अकाउन्ट, १३ पेज, ५ वटा फेसबुक ग्रुप र इन्स्टाग्रामका ९ वटा आईडी निष्कृय तुल्याएको जानकारी दिएको छ ।

त्यस्ता अकाउन्टहरुले पश्चिमा मुलुकमा शिख समुदायको पक्षमा प्रदर्शनको आह्वान गर्ने, खलिस्तानी गतिविधिलाई बढावा दिने एवम् भारतविरोधी सन्देश फैलाउने गरेको पाइएको छ । यस्तो किसिमका अनलाइन दुष्प्रचारमा चिनियाँ प्रयोगकर्ताहरुले एआई एवम् अन्य फोटो सम्पादन गर्ने प्रविधिको समेत प्रयोग गर्दै आएको पाइएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ९ : ०९ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा