मन्त्रिपरिषद्‍का निर्णय २४ घण्टापछि मात्र सार्वजनिक गरिने | Khabarhub Khabarhub

मन्त्रिपरिषद्‍का निर्णय २४ घण्टापछि मात्र सार्वजनिक गरिने


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले बाढीपहिरो एवं प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले हालैको बाढीपहिरोलगायत प्राकृतिक प्रकोपमा मृत्यु हुने परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीलाई जानकारी दिए।

बैठकले मन्त्रिपरिषद्का निर्णय २४ घण्टापछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेसमेत निर्णय भएको छ । सञ्चारमन्त्री गुरुङले आगामी बैठकको निर्णय तत्कालै जानकारी नहुने तर विशेष महत्वको निर्णय भएमा तत्काल जानकारी दिन सकिने बताए ।

“मन्त्रिपरिषद्को निर्णय २४ घण्टासम्म गोप्य रहन्छ, प्रधानमन्त्री र मन्त्रीहरूले पनि त्यसलाई बाहिर लैजान पाउदैनन् । अब अर्को बैठकदेखि २४ घण्टापछि मात्रै पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिने छन्”, उनले भने ।

मन्त्रिपरिषद् बैठकले विपद्का कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसेका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले पहिलोपटक यस्तो निर्णय गरिएको जानकारी बताए । “विगतमा वेपत्ता भएका व्यक्तिका परिवारलाई राहतको व्यवस्था थिएन । सरकारले यो पटक नयाँ व्यवस्था गरेको हो”, उनले भने ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ८ : ५८ बजे

अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएको औपचारिक घोषणा

वासिङ्टन- अमेरिकामा रिपब्लिकन उम्देवार डोनाल्ड ट्रम्पको जितको औपचारिक घोषणा भएको

कोशीका दर्जन सहकारीद्वारा बचतकर्ताको एक अर्बभन्दा बढी अपचलन

काठमाडौं- कोशी प्रदेशका एक दर्जन बढी सहकारीहरूले बचतकर्ताको एक अर्बभन्दा

रास्वपाले बिहीबारबाट उपनिर्वाचनका उम्मेदवार छान्न थाल्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि (बिहीबार) देखी स्थानीय तहको उपनिर्वाचन

भरुवा बन्दुकसहित एक जना पक्राउ

 कैलाली– कैलालीको गोदावरी नगरपालिका-४ तखरे गाउँ बस्ने ६५ वर्षीय लाल

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : बेनीमा सात जना सडकापेक्षीको उद्धार

म्याग्दी– मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान टोलीले