टेलिकमको नाफा १६ प्रतिशतले घट्यो, नेटवर्थ ४ प्रतिशतले वृद्धि « Khabarhub

 टेलिकमको नाफा १६ प्रतिशतले घट्यो, नेटवर्थ ४ प्रतिशतले वृद्धि


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल दुरसञ्चार लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८०–०८१ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा खुद नाफा १६.४४ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७९–०८० मा टेलिकमले ७ अर्ब ९२ करोड १ लाख ५५ हजार नाफा गरेकोमा गत आवमा भने १६ प्रतिशतले घटेर ७ अर्ब ६१ करोड ७ लाख ७६ हजार रुपैयाँ मात्र खुद नाफा गरेको छ ।

टेलिकमको नाफा घटेपनि प्रतिशेयर नेटवर्थ भने बढेको छ । आव ०७९–८० मा टेलिकमको प्रतिशेयर नेटवर्थ ५२१ रुपैयाँ २७ पैसा रहेकोमा चालु आर्थिक वर्ष मा ४.१६ प्रतिशतले बढेर ५२५ रुपैयाँ ४३ पैसा पुगेको छ ।

टेलिकमको आम्दानी घटेकाले खुद नाफामा समेत असर गरेको देखिएको छ । टेलिकमले ०७९–८० मा जम्मा आम्दानी ४४ अर्ब ४२ करोड ३६ लाख १८ रहेकाे थियो भने गत आवमा ६.३२ प्रतिशतले घटेर ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

आम्दानी र खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ रहेकोमा गत आवमा भने ७.२४ रुपैयाँले घटेर ३६ रुपैयाँ ७७ पैसा मात्र रहेको छ ।

जगेडा कोषमा ७६ अर्ब ५७ करोड ७० लाख ७३ हजार रुपैयाँ रहेको टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ११ : ४६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब