टेलिकमको नाफा १६ प्रतिशतले घट्यो, नेटवर्थ ४ प्रतिशतले वृद्धि | Khabarhub Khabarhub

 टेलिकमको नाफा १६ प्रतिशतले घट्यो, नेटवर्थ ४ प्रतिशतले वृद्धि


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल दुरसञ्चार लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८०–०८१ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा खुद नाफा १६.४४ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७९–०८० मा टेलिकमले ७ अर्ब ९२ करोड १ लाख ५५ हजार नाफा गरेकोमा गत आवमा भने १६ प्रतिशतले घटेर ७ अर्ब ६१ करोड ७ लाख ७६ हजार रुपैयाँ मात्र खुद नाफा गरेको छ ।

टेलिकमको नाफा घटेपनि प्रतिशेयर नेटवर्थ भने बढेको छ । आव ०७९–८० मा टेलिकमको प्रतिशेयर नेटवर्थ ५२१ रुपैयाँ २७ पैसा रहेकोमा चालु आर्थिक वर्ष मा ४.१६ प्रतिशतले बढेर ५२५ रुपैयाँ ४३ पैसा पुगेको छ ।

टेलिकमको आम्दानी घटेकाले खुद नाफामा समेत असर गरेको देखिएको छ । टेलिकमले ०७९–८० मा जम्मा आम्दानी ४४ अर्ब ४२ करोड ३६ लाख १८ रहेकाे थियो भने गत आवमा ६.३२ प्रतिशतले घटेर ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

आम्दानी र खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ रहेकोमा गत आवमा भने ७.२४ रुपैयाँले घटेर ३६ रुपैयाँ ७७ पैसा मात्र रहेको छ ।

जगेडा कोषमा ७६ अर्ब ५७ करोड ७० लाख ७३ हजार रुपैयाँ रहेको टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ११ : ४६ बजे

आज यी ठाउँमा पर्‍यो भारी वर्षा

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तीन दिनअघि विशेष

बैतडीमा तीन दिनदेखि अवरुद्ध विद्युत सेवा सञ्चालन

बैतडी – यहाँ वर्षाका कारण तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा

बङ्गलादेशमा नियमित विद्युत आपूर्तिमा समस्या

ढाका – विगत केही दिनदेखि बङ्गलादेशका ठूलो परिमाणमा लोडसेडिङका कारण

प्रधानमन्त्रीकै कारण बालिकाहरुले न्याय नपाएर मर्नु परेको छ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी

गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु

ताप्लेजुङ – ताप्लेजुङमा पिकअपभ्यानमा माथिबाट खसेको पहिरोसहितको ढुङ्गा लाग्दा एक