बंगलादेशका हिन्दूमाथिको आक्रमणप्रति मोदीले जनाए गम्भीर चिन्ता | Khabarhub Khabarhub

बंगलादेशका हिन्दूमाथिको आक्रमणप्रति मोदीले जनाए गम्भीर चिन्ता


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा बिहीबार नयाँ दिल्लीस्थित लालकिल्लाबाट देशलाई सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा मोदीले देशका विभिन्न मुद्दामा आफ्नो धारणा राखे। उनले आफ्नो सम्बोधनमा छिमेकी बंगलादेशमा देखिएको राजनीतिक उथलपुथल र त्यहाँका हिन्दूहरूको सुरक्षाबारे पनि गम्भीर चिन्ता जनाएका छन् ।

मोदीले आफ्नो सम्बोधनमा बंगलादेशमा सत्ता परिवर्तनपछि हिन्दूहरूमाथि भइरहेको हमलाको मुद्दा पनि उठाएका छन् ।

उनले बंगलादेशमा हिन्दूहरूको सुरक्षा सुनिश्चित हुनुपर्ने बताए । मोदीले आफूहरू छिमेकी देशमा सुख र शान्ति होस् भन्ने पक्षमा रहेको जिकिर गरे।

उनले बंगलादेशमा अहिले भइरहेको हत्या-हिंसाको अवस्थालाई चिन्ताजनक भनेका छन् ।

‘बंगलादेशमा अहिले जे भइरहेको छ, त्यसलाई लिएर छिमेकी देश भएका हिसाबले हाम्रो चिन्ता स्वभाविक हो । म बंगलादेशमा चाँडै शान्ति बहाल भएर अवस्था पूर्ववत् सामान्य अवस्थामा फर्किने कुरामा विश्ववस्त छु’, मोदीले सम्बोधनका क्रममा भनेका छन् ।

उनले १४० करोड भारतीयको चिन्ता भनेको बंगलादशेका हिन्दूसहितका अल्पसंख्यको सुरक्षा सुनिश्चितता रहेको उल्लेख गरे ।

‘भारत सदैव छिमेकी देश सुख र शान्तिको मार्गमा अघि बढुन् भन्ने चाहन्छ । शान्तिप्रति हाम्रो प्रतिबद्धता बलियो छ। आगामी दिनमा बंगलादेशको विकास यात्रामा सदैवभ हाम्रो शुभेच्छा र साथ रहने छ ।’

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १२ : ११ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा