ढल्केबर–लोहारपट्टी प्रसारण लाइन निर्माण सम्पन्न « Khabarhub

ढल्केबर–लोहारपट्टी प्रसारण लाइन निर्माण सम्पन्न


३१ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनुषा, महोत्तरी तथा आसपासका क्षेत्रमा गुणस्तरीय विद्युत् प्रवाहका लागि महत्वपूर्ण मानिएको १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । 

धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । 

धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत् प्राधिकरणको करिब रु एक अर्ब १३ करोड लगानीमा आयोजना निर्माण गरिएको हो । डबल सर्किट प्रसारण लाइनको लम्बाइ २३ किलोमिटर छ । प्रसारण लाइनका लागि ९१ टावर निर्माण भएका छन् । 

सबस्टेसनमा १३२-३३ केभी, ३० एमभिए क्षमताका दुई थान पावर ट्रान्सफर्मर थान र १३२-११ केभी, २२ दशमलव पाँच एमभिए क्षमताको एक थान ट्रान्सफर्मर छन् । समग्रमा सबस्टेसनको क्षमता ८२ दशमलव पाँच एमभिए छ । 

सबस्टेसनबाट विद्युत् आपूर्ति सुरु भएपछि मुख्य रुपमा जनकपुर, जलेश्वर, गौशाला र यदुकुवा वितरण केन्द्रअन्तर्गतका करिब डेढ लाख ग्राहक लाभान्वित हुनेछन् । अब त्यस क्षेत्रको चुहावट कम हुने, न्यून भोल्टेज तथा छिनछिनमा विद्युत् विच्छेद (ट्रिपिङ) लगायतका समस्या समाधान भई समग्रमा विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने प्राधिकरण मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले बताए । 

यसअघि उक्त क्षेत्रमा ढल्केबरबाट जनकपुरको मुजलिया हुँदै विद्युत् आपूर्ति हुँदै आएको थियो । लाइन लामो र क्षमताले नधान्दा न्यून भोल्टेज, ट्रिपिङलगायतका समस्या थिए । 

स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका चार फिडर निकाल्न सक्नेगरी संरचना तयार गरिएको छ । यस्तै ३३ केभीका दुई फिडर जलेश्वर, एक गौशाला र एक जनकपुर क्षेत्रमा विद्युत् आपूर्तिका लागि प्रयोग गरिनेछ। यसमध्ये जनकपुरतर्फको एक  फिडर निर्माण सम्पन्न गरी चालू गरिएको छ । 

लोहारपट्टी सबस्टेसन वरपरका क्षेत्रमा विद्युत् आपूर्तिका लागि ११ केभीका चार फिडर लाइन निकाल्नसक्ने व्यवस्था गरिएको छ । त्यसमध्ये दुई फिडर निर्माण सम्पन्नगरी सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइन आयोजना करिब तीन वर्षअघि सुरु गरिएको थियो ।  

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  १ : २८ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको