गण्डकीमा खुम्चियो रोपाइँको क्षेत्रफल | Khabarhub Khabarhub

गण्डकीमा खुम्चियो रोपाइँको क्षेत्रफल


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गत वर्ष गण्डकी प्रदेशमा कुल ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । यस वर्ष भने बर्खे धान खेतीको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म हालसम्म ९७ दशमलव ५० शून्य प्रतिशत रोपाइँ सकिएको छ । 

९३ हजार छ सय ५१ हेक्टरमा रोपाइँ भइसकेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । म्याग्दी र लमजुङमा रोपाइँ सकिएको र बाँकी जिल्लामा अन्तिम चरणमा रहेको उनको भनाइ छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ । 

निर्देशनालयका प्रमुख रेग्मीले धान बालीको क्षेत्रफल बर्सेनि घट्दै आएको बताए । प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धान खेती हुने गरेको उनको भनाइ छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ । 

निर्देशनालयको तथ्यांकअनुसार नवलपुरमा १८ हजार सात सय १६, कास्कीमा १६ हजार दुई सय २०, लमजुङमा ११ हजार आठ सय ७५, गोरखामा १० हजार एक सय ४०, तनहुँमा सात हजार छ सय ७४ हेक्टरमा क्षेत्रफलमा यस वर्ष बर्खे धान लगाइएको छ । यस्तै स्याङ्जामा १४ हजार तीन सय ९०, पवर्तमा सात हजार पाँच सय २५, बागलुङमा पाँच हजार सात सय सात र म्याग्दीमा तीन हजार आठ सय छ हेक्टर क्षेत्रफल धान खेतीले समेटेको छ । 

धान खेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएको निर्देशनालयले जनाएको छ । गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् । 

 पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ ।  गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ ।

अघिल्लो वर्षको तुलनामा धान खेतीको क्षेत्रफल घटेपनि गत वर्ष धानको उत्पादकत्व भने बढेको निर्देशनालयका प्रमुख रेग्मीले बताए । दुई वर्षअघि प्रतिहेक्टर तीन दशमलव छ मेट्रिक टन धान उत्पादन भएकामा गत वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ७३ मेट्रिक टन धान उत्पादन भएको उनको भनाइ छ । 

समयमै वर्षात् र रासायनिक मलको उपलब्धता, धानमा प्रकोपजन्य रोग नलाग्नु, सिँचाइ सुविधा, उन्न बिउबिजन आदि कारणले धानको उत्पादकत्व वृद्धि भएको उनले बताए। प्रतिकुल मौसम, मल अभाव, कमसल बिउबिजन जस्ता कारणले धानको उत्पादकत्वमा ह्रास आउने गरेको छ । 

धान खेतीको क्षेत्रफल घट्नुमा घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिनु पहिलो कारण रहेको निर्देशनालयका प्रमुख रेग्मीले भनाइ छ । जग्गा बाँझो छाड्ने प्रवृत्ति र खेतीयोग्य जमिनमा बस्ती तथा पूर्वाधार विकासले गर्दा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको उनले बताए ।

 “सिँचाइ, खेती प्रणालीमा सुधार, रोककिरा नियन्त्रण, उन्नत बिउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके किसानले थोरै क्षेत्रफलमा पनि धेरै धान फलाउन सक्छन्”, निर्देशनालयका प्रमुख रेग्मीले भने । 

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  २ : ०६ बजे

प्रधानमन्त्रीको स्पष्टीकरण- सरकार ढल्दैन, कांग्रेससँग सल्लाहमै काम हुँदैछ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउने उद्देश्यसहित विभिन्न

महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

सियोल– अनुसन्धानकर्ताहरुले महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई

कैलालीका ५० हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

धनगढी– कैलालीका ५० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै

अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’

तनहुँ– व्यास नगरपालिका–१० दुम्सीका पशुपालक किसानले अनुदानको आशा नराखी कृषि

प्रधानमन्त्री भन्छन्- अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी