तीन प्रदेशका लागि नौ जना ‘ग्रीनसिफ्ट एम्बेस्डर’ « Khabarhub

तीन प्रदेशका लागि नौ जना ‘ग्रीनसिफ्ट एम्बेस्डर’


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ईयूको सहयोगमा क्रिएसन नेपालले तीन प्रदेशका नौ जना युवालाई ‘ग्रीनसिफ्ट एम्बेस्डर’ का लागि छनौट गरेको छ । ग्रीनसिफ्ट परियोजना अन्तर्गत वातावरण संरक्षण प्रति युवाहरूलाई सचेतना जगाउनका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौट गरिएको हो ।

बागमती प्रदेशबाट ओम न्यौपाने, आकृती सुवेदी र कृशल श्रेष्ठ, त्यस्तै लुम्बिनी प्रदेशबाट अनुशा क्षेत्री, प्रजिना आर्चाय र योगेश डुम्रे चयन भएका छन् भने, मधेश प्रदेशबाट सुलभ चौरसिया, सोनाली साह र कैयुम राइन छनौट भएका छन् । करिब १ सय भन्दा बढी युवायुवतीहरूले निवेदन दिएका मध्ये ९ जना चयन गरिएको परियोजना प्रमुख युनिश घिमिरे जानकारी दिए ।

परियोजनाका प्रमुख युनिस घिमिरेले ग्रीनसिफ्ट परियोजनाको भिजन अनुसार दिगो भविष्य निर्माणका लागि योगदान पुर्‍याउन युवाहरूको महत्त्वपूर्ण भूमिकाको बारेमा तीन प्रदेशका युवाहरूलाई सहभागी गराएर सशक्तीकरण र शिक्षित गर्न ‘ग्रीनसिफ्ट एम्बेस्डर’हरुले स्थानीय स्तरमा क्रियाकलापहरू सञ्चालन गर्ने बताए ।

छनौट भएका ‘ग्रीनसिफ्ट एम्बेस्डर’ युवाले आ-आफ्नो क्षेत्रमा स्थानीयसँग मिलेर वातावरण संरक्षण, वृक्षारोपण, युवा परिचालन, सामुदायिक सहभागिता र प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्नेछन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ३ : १३ बजे

तीन वर्षमा छ लाख अफगानी शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर)ले तीन वर्षभन्दा कम समयमा

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा

नीता ‘एक्लो छु’ भन्ने, दीपकसँग भिड्न सन्तोष सेन आइपुग्ने !

काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म