यो वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य छ : पर्यटनमन्त्री पाण्डे « Khabarhub

यो वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य छ : पर्यटनमन्त्री पाण्डे


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले यस वर्ष १६ लाख पर्यटकहरू भित्र्याउने लक्ष्य राखिएको बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्रालअन्तर्गतको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस वर्ष यस वर्ष १६ लाख पर्यटकहरू भित्र्याउने लक्ष्य राखिएको बताएका हुन् ।

‘पर्यटन रणनीति योजना (सन् २०१६-२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याएर यस वर्ष १६ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको छ,’ मन्त्री पाण्डेले भने ।

नेपालको राष्ट्रिय पर्यटन रणनीति गुरुयोजना (२०१६–२५) को आधारमा पर्यटकीय गन्तव्यहरूको विकास, विस्तार तथा पहिचान, पदमार्गहरूको निर्माण, पर्यटकीय उपहजहरूको बारेमा स्वदेश तथा विदेशमा पर्यटन प्रवर्द्धन कार्यक्रमहरू निरन्तर हुँदै आएको उनले बताए ।

पाण्डेले पर्यटन बोर्डबाट १०० पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकीय विभागबाट  पूर्वाधार निर्माणको कार्य भइरहेको पनि बताए । उनले खप्तड विकास क्षेत्र कोष स्थापना सम्बन्धमा छलफल भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ४ : १२ बजे

हुप्सेकोटका पहिरो विस्थापित अझै पनि अस्थायी शिविरमा

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८

रौतहटमा एक युवाले गरे आत्मदाह प्रयास, थप उपचारका लागि कीर्तिपुर रिफर

काठमाडौँ – रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर

नसर्ने रोगको जोखिम कम गर्नुपर्नेमा जोड

काठमाडौँ– नेपालमा बढ्दो नसर्ने रोगको जोखिमलाई कम गर्न स्वास्थ्य सेवाको

गोरखा बाह्रकिलो बजारका घरटहरा हटाइयो

गोरखा– गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका

सिंहदरबार गेटबाट अनेरास्ववियुका अध्यक्ष धामीसहित ७ जना पक्राउ

काठमाडौँ– सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा