काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले यस वर्ष १६ लाख पर्यटकहरू भित्र्याउने लक्ष्य राखिएको बताएका छन् ।
बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्रालअन्तर्गतको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस वर्ष यस वर्ष १६ लाख पर्यटकहरू भित्र्याउने लक्ष्य राखिएको बताएका हुन् ।
‘पर्यटन रणनीति योजना (सन् २०१६-२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याएर यस वर्ष १६ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको छ,’ मन्त्री पाण्डेले भने ।
नेपालको राष्ट्रिय पर्यटन रणनीति गुरुयोजना (२०१६–२५) को आधारमा पर्यटकीय गन्तव्यहरूको विकास, विस्तार तथा पहिचान, पदमार्गहरूको निर्माण, पर्यटकीय उपहजहरूको बारेमा स्वदेश तथा विदेशमा पर्यटन प्रवर्द्धन कार्यक्रमहरू निरन्तर हुँदै आएको उनले बताए ।
पाण्डेले पर्यटन बोर्डबाट १०० पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकीय विभागबाट पूर्वाधार निर्माणको कार्य भइरहेको पनि बताए । उनले खप्तड विकास क्षेत्र कोष स्थापना सम्बन्धमा छलफल भइरहेको जानकारी दिए ।
प्रतिक्रिया