महालेखा परीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रियसभामा पेस | Khabarhub Khabarhub

महालेखा परीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रियसभामा पेस


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा महालेखा परीक्षकको ६१औँ प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले महालेखा परीक्षकको ‘६१औँ वार्षिक प्रतिवेदन–२०८१’ सभासमक्ष पेस गरेका हुन् ।

सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको उत्तर टेबुल गरेका छन् । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराएका छन् ।

त्यसै गरी, सार्वजनिक तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन–२०८१’ सभा समक्ष पेस गरेकी छन् ।

स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनबाट पुनः निर्माण, राहत तथा पुनः स्थापनाको काम लक्षित रूपमा अघि बढ्न नसकेको र प्रभावकारी नदेखिएको शर्माले बताइन्  ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक–२०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराइ टेबुल गरेका छन् ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ २ गते आइतबार दिउँसो १ः१५ बजे बस्नेछ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ५ : ०० बजे

गर्भ जचाउनोस्, एक क्रेट अण्डा लैजानुहोस् !

कास्की- रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षण दर वृद्धि गर्न स्वास्थ्य

स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउनेलाई अण्डा उपहार

कास्की – यहाँको रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न

आत्महत्या : कथन परिवर्तन गरौं

काठमाडौं- घरमा बुवाआमाको दैनिक झगडा  र कचकच देखेर विचलित भएकी

बाँकेमा ‘जापनिज इन्सेफ्लाइटिस’पुष्टि : बिरामीको अवस्था सामान्य

नेपालगञ्ज – बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेलापरेको छ।

आरनमा रुचि भएन, संस्कृत पढें : आचार्य लेखबहादुर विश्वकर्मा

काठमाडौं- आचार्य लेखबहादुर विश्वकर्मा देशकै सर्वाधिक जेठो दरबार हाईस्कुलमा संस्कृत